उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी, यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् । “चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो ।
यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो”, भङ्गाहा–४ का किसान सुफल महतोले भन्नुभयो, “चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो ।” अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उहाँले बताउनुभयो । “सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टार्न खर्चको जोहो गर्नुपरेको छ, यसबाट तत्काल नगद पाइने भएपछि चाडबाडको समयमा सक्खर बनाउन परेको हो”, उहाँले भन्नुभयो । चिनी उद्योगले कहिले ‘क्रसिङ’ सुरु गर्ने भन्ने तालिका नबन्दा अहिले चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । गौशाला, भङ्गाहा र बर्दिवास क्षेत्रका बस्तीमा बढी मात्रामा उखुखेती हुने गरेको छ । अहिले बस्तीबस्तीका किसान घरघरमा उखु पेल्न र रस पकाएर सक्खर बनाएर बेच्न व्यस्त देखिन्छन् । आजसम्म छठका लागि आवश्यक सामग्री जुटाउन बजारमा चलहपहल बढ्ने भएकाले किसान यो काममा लागेका हुन् । दीपावली र छठ पर्वमा उपभोक्ताले नयाँ सक्खर उपभोग गर्दछन् ।
“कात्तिक त्यसै पनि नगद जोहोमा अप्ठ्यारो महिना हो, किसानलाई यो महिनामा खेतीपाती धान्न र चाडपर्व धान्न नगद आवश्यक पर्दछ”, बर्दिवास–९ का किसान रामविनोद महतोले भन्नुभयो, “सरसापट पनि यो बेला पाइँदैन, त्यसैले उखु पेलेर चाडपर्व र खेतीपातीको खर्च जुटाउन लागेका हौँ ।” अहिले गहुँ छर्ने, दलहन बाली लगाउने र तरकारीखेतीका लागि बीउ, मल र जोतखन गर्न रकम आवश्यकपर्ने भएकाले उखु पेलेरै खर्च जुटाउन थालिएको उहाँले बताउनुभयो । “दीपावलीदेखि छठसम्म मिठ्ठा बढी माग हुन्छ । छठ सकिएपछि यसको बिक्री घट्छ, त्यसैले यो समयमा उखु पेलेर मिठ्ठा बनाउन लागेका हौँ”, बर्दिवास–१२ का किसान रामविलास कुशवाहाले भन्नुभयो, “अहिलेको उखुको रसमा मिठ्ठा पकाउन बढी समय लाग्छ, तर आफ्नै उत्पादनबाट नगदको जोहो हुने भएकाले सोहीअनुसार किसानको व्यस्तता बढेको हो ।” यस वर्ष कात्तिकको सुरुमा दीपावली र छठ परेकाले किसानलाई खर्च जुटाउन समस्या भएको उहाँको भनाइ छ ।
कात्तिकलाई यहाँका किसान ‘तेर्‍हौँ मास’ (तेर्‍हाैँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेर्‍हौँ महिना भन्ने गरिएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोले बताउनुभयो । अरु बेला प्रतिकिलो रु एक सयमा बिक्ने सक्खर चाडपर्वको समयमा प्रतिकिलो रु १२० मा बिक्री हुने उहाँले जानकारी दिनुभयो । दीपावलीमा बनाइने सेल र छठका लागि बनाइने ठकुवामा सक्खरमा राख्दा बढी स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको गङ्गारामको बुझाइ छ । सक्खरको प्रयोगले चिनीको आपूर्ति पूरा गर्ने र गुलियोपन पनि कम हुने भएकाले यसले स्वास्थ्यमा प्रतिकूल असर नगर्ने बर्दिवास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । जिल्लामा यस वर्ष नौ हजार बिघामा उखुखेती भएको यहाँस्थित उखु उत्पादक कृषक सङ्घले जनाएको छ । पाँच हजार बिघाको खुट्टी उखु (एकपटक रोपिएको उखुको दुई वर्षको बाली हुन्छ ।
पहिलो वर्षको ‘मुडन’ र दोस्रो वर्षको ‘खुट्टी’ हो) रहेको सङ्घका अध्यक्ष नरेशसिह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सक्खर बनाइरहेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी अलिपहिले तयार हुने भएकाले किसानले खुट्टी पेल्न थालेका उहाँले उल्लेख गर्नुभयो । यस वर्ष उखु उद्योगले क्रसिङ कहिलेदेखि सुरु गर्ने निश्चित भएको छैन । उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले उद्योगमा बुझाइने उखुको मूल्य सरकार, उद्योग र आफ्ना प्रतिनिधिको रोहबरमा हुनपर्ने अडान राख्दै आएका छन् ।
यो मूल्य निर्धारण कात्तिक मसान्तभित्र नभए प्रदर्शन गर्ने सङ्घका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । किसानले आर्थिक वर्ष २०८०/८१ मा उखुमा पाउने अनुदानबापत प्रतिक्विन्टल रु ७० पाउनुपर्नेमा रु ३५ मात्र पाएका छन् । बाँकी रकम तत्काल दिन सरकारको ध्यानाकर्षण गराइएको कुशवाहाले बताउनुभयो । अहिले किसानले उखु पेल्न थालेपछि पछि उद्योगलाई दिने उखु घट्ने देखिन्छ । आर्थिक अभावका कारण आफूहरूलाई अहिलेको खर्चको जोहो गर्न यही साहारा भएको किसान बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९