दोगडाकेदारमा कात्तिक १७ देखि रामलीला हुने

बैतडी,  संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदारमा यही कात्तिक १७ गतेदेखि सञ्चालन हुने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार सांस्कृतिक समाजद्वारा आयोजना गरिने उक्त रामलीला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ ।

 

सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारी अन्तिम चरण पुगेको जनाउँदै कामलाई तीव्रता दिइएको बताउनुभयो । उहाँका अनुसार महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको छ ।

 

उहाँले भन्नुभयो, “धर्म संस्कृतिको जगेर्ना गर्न, युवापिँढीलाई अनुशासनको ज्ञान दिन तथा भगवान् रामको जीवनीलाई नयाँपिँढीमा बाँड्न रामलीला आयोजना गरिएको हो । मार्यादा पुरुषोत्तम रामचन्द्र भगवान्को जीवनगाथामा आधारित नाटक भएकाले यसबाट सनातन हिन्दूधर्म र सत्यताको पाठकाबारेमा पनि सिकाइ हुनेछ ।” कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो ।

 

रामलीलालाई  व्यवस्थित रूपमा सम्पन्न गर्न राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रामलीलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनाएर तयारी गरिएको छ । रामलीलामा नाटक गर्ने कलाकारको तालिम पनि सञ्चालन भइरहेको छ ।”

 

उक्त महायज्ञबाट संस्कृति संस्कारको ग्रहणका साथै असामाजिकता गतिविधि अन्त्य गर्दै रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सकारात्मक फल प्राप्तिका लागि सकारात्मक र असल काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि रामलीला महायज्ञले सहयोग गर्नेछ । रामलीलामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह पनि हुनेछ ।”

 

सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन कपाडीले अनुरोध गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौँ,  राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो । ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९