सिने उद्योगमा ‘अवार्ड’को प्रभाव

काठमाडौँ, सिने उद्योगमा कार्यरत चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रचलन विश्वव्यापी रुपमा रहिआएको छ । राज्य तथा चलचित्रसम्बद्ध सङ्घसंस्थाहरूले समेत कलाकर्मीलाई हौसला प्रदान गर्न ‘अवार्ड’को व्यवस्था गरेको पाइन्छ । नेपालमा पनि यही उद्देश्यका साथ ‘अवार्ड’को सुरुआत भएको चलचित्रकर्मी एवं अध्यताहरूको भनाइ छ ।

विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोह र प्रदान गरेको सम्मानलाई नेपालको पहिलो चलचित्रसम्बन्धी ‘अवार्ड’ मानिन्छ । उक्त समारोहमा चलचित्र ‘कान्छी’, अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्ललाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । त्यसपछिका वर्षहरूमा चलचित्र क्षेत्रमा क्रमशः भएको विकास, विस्तार र आकर्षणसँगै व्यावसायिक रुपमा फस्टाउँदै जाँदा ‘अवार्ड’ दिनेक्रम पनि बढ्दै गएको देखिन्छ ।

पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न नाम र विधामा ‘अवार्ड’ समारोह भइरहेका छन् । त्यसो त चलचित्रबाहेक अन्य विधामा पनि उत्तिकै सङ्ख्यामा ‘अवार्ड’ आयोजना भइरहेकै छन् । तर, यो क्रम बढे पनि प्रतिष्ठा बढाउन नसकेको गुनासो सुनिन्छ । धेरै ‘अवार्ड’ समारोहमा कसले के पाउँदैछ भन्ने अनुमान पहिल्यै लगाउन सकिने अवस्था छ । यो सबैमा लागू नभए पनि अधिकांशमा यस्तो प्रवृत्ति हावी भएको गुनासो सम्बद्ध क्षेत्रबाटै आएको देखिन्छ ।

चलचित्र निर्देशक पुर्नेन्दु झा ‘अवार्ड’ हुनु सकारात्मक भए पनि सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “अवार्डले उद्योगलाई चलायमान बनाएको छ, तर व्यावसायिक उपलब्धि हासिल भएकोजस्तो लाग्दैन । प्रतिष्ठित अवार्ड निरन्तर हुनु राम्रो हो, तर विश्वसनीयता भने घट्न दिनुहुँदैन ।”

चलचित्र मनोरञ्जनको माध्यम भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला–संस्कृतिसँग जोडिन्छ । त्यसैले यससँग सम्बन्धित गतिविधिको चर्चा हुने गर्छ । नेपालमा आयोजना हुने अवार्डहरूमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक सङ्घको ‘नेफ्टा अवार्ड’, ‘डिजिटल सिने अवार्ड’, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत छन् ।

प्रायः अवार्ड नेपालमै आयोजना हुने गरेका छन् भने केही विदेशमा पनि हुन्छन् । नेपाली चलचित्रको बजार विस्तारका लागि केही अवार्ड विदेशमा आयोजना गर्ने गरिन्छ । पछिल्लो वर्षदेखि बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने उदेश्यले ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना भइरहेको छ ।

यस्ता, अवार्डले नेपाली चलचित्रको गतिविधि देखाउनुका साथै आकर्षण बढाउने इन्फा अवार्डका संयोजक मनिष कार्कीले बताउनुभयो । “हामीले बेलायतमा नेपाली चलचित्रको बजार बढाउने उद्देश्यले अवार्डको सुरुआत गरेका छौँ । हामीले नेपालबाट कलाकार लगेर त्यहाँ गर्ने अवार्डले थोरै भए पनि बजार बढाउन मदत गरेको, नेपाली चलचित्रलाई प्रवद्र्धन गरेको प्रतिक्रिया हामीले पाएका छौँ । गतिविधि बढेमा त्यसले चलचित्रप्रति पक्कै आकर्षण बढाउँछ”, संयोजक कार्कीले भन्नुभयो ।

उहाँले इन्फा अवार्डको दोस्रो संस्करण आगामी कात्तिक २९ मा लन्डनमा हुने र नेपालबाट ४० को हाराहारीमा कलाकार सहभागी हुने जानकारी दिनुभयो । विदेशमा अवार्ड आयोजना गर्नेक्रम बढेता पनि काठमाडौँबाहेक नेपालकै अन्य सहरमा यस्ता समारोह कम हुन्छन् । कोशी र मधेस प्रदेशका केही स्थानमा नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुँदैनन् ।

तराईका विराटनगर, जनकपुर, मलङ्गवालगायत सहरमा भोजपुरी चलचित्रको वर्चस्व छ । निर्देशक झाले ती बजारलाई नेपाली  चलचित्रमैत्री बनाउन तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “निजी क्षेत्रको प्रयास भए पनि सरकारी भूमिका प्रभावकारी हुनुपर्छ । विदेशमा गरिने अवार्डलाई हाम्रै तराई क्षेत्रस्थित सहरमा गरे बजार र निर्माणमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

वार्डको सङ्ख्या बढ्दै जाँदा गुणस्तर खस्किएको छ । पहिलेका अवार्डले रौनक ल्याउथे र पाउनेको ‘करिअरमा’ प्रभाव पथ्र्यो । तर, अहिले सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । सङख्या बढ्नु नराम्रो होइन, तर गुणस्तर र विश्वसनीयता कायम गर्न नसक्दा अवार्डको विश्वसनीयता गुम्दै गएको छ ।

विश्वभर प्रदान गरिने अवार्डमा विवाद हुनु सामान्य भए पनि ‘ओस्कार’ र ‘कान्स’जस्ता अवार्डको पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका कारण विश्वसनीय देखिन्छ । तर, नेपालमा आयोजकको नियतसहित निर्णायकमण्डलको क्षमता र स्पष्ट मापदण्डको अभावमा ‘अवार्ड’ मर्यादित हुन नसकेको आमचलचित्रकर्मीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा

गलकोट (बागलुङ),  गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।  हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन्...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९