चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर, (रासस/एपी) : चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गर्दै आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ । चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउनुभयो र ‘एकताको सट्टा टकरावले कसैलाई फाइदा नहुने’ बताउनुभयो ।

 

“एकता नै शक्ति हो”, लीले राष्ट्रपथि सी जिनपिङको यसअघि गरिएको भनाइ उद्धृत गर्दै भन्नुभयो । उहाँले अमेरिकी आर्थिक जबरजस्ती र हस्तक्षेपको आलोचना गर्दै क्षेत्रीय सहयोगले साझा हित सुरक्षित गर्न सक्ने धारणा प्रस्तुत गर्नुभयो । तर फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनप्रतिको सावधानीपूर्ण दृष्टिकोण अपनाउँदै ‘सहयोग जबरजस्तीको साथमा हुन सक्दैन’ भन्दै चेतावनी दिनुभयो ।

 

नयाँ सम्झौता ‘आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.०’ का रूपमा चिनिएको छ । यो सम्झौताले दुई अर्बभन्दा बढी जनसङ्ख्या भएको बजारलाई जोड्नेछ । यसले सामानमा कर घटाउने, लगानी र सेवा प्रवाह सहज पार्ने र आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राख्दछ । सन् २००२ मा पहिलो पटक हस्ताक्षर गरिएको यो सम्झौता सन् २०१० मा लागू भएको थियो । अहिलेसम्म दुईतर्फी व्यापार सन् २०१० को दुई खर्ब ३५ अर्ब डलरबाट बढेर गत वर्ष झन्डै १० खर्ब डलर पुगेको छ । आसियान र चीन एक–अर्काका प्रमुख व्यापारिक साझेदार हुन् ।

 

ली किआङले आसियान सदस्यहरू—ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर—लाई ‘भूगोल, संस्कृति र भावना नजिकका भाइ राष्ट्रहरू’ भन्दै संयुक्त प्रगतिको आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकपक्षीयता र संरक्षणवादले विश्वव्यापी व्यापार संरचनामा गम्भीर असर पुर्‍याएको छ, तर हामी पारस्परिक भरोसा र समन्वयद्वारा हाम्रो वैध अधिकार र चासोको रक्षा गर्न सक्छौँ ।”

 

राजनीतिक विश्लेषक ब्रिजेट वेल्शका अनुसार अद्यावधिक सम्झौताले आपूर्ति शृङ्खला र दिगोपनमा क्षेत्रीय लाभ पुर्‍याउनेछ । उहाँले भन्नुभयो, “यो सम्झौताले विश्वव्यापी वास्तविकतालाई पनि प्रतिबिम्बित गर्छ, जहाँ गैर–अमेरिकी देशहरू आफ्नो समृद्धिका लागि नयाँ व्यापार सहकार्यतर्फ उन्मुख छन् ।” मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानको सन्तुलित नीति दोहोर्‍याउँदै भन्नुभयो, “हामी हिजो अमेरिकाका राष्ट्रपति ट्रम्पसँग थियौँ, आज चीनसँग छलफल गर्दैछौँ—यसले आसियानको केन्द्रीय भूमिका र सन्तुलित कूटनीति देखाउँछ ।”

 

हाल चीन र अमेरिकाबीच बढ्दो व्यापार तनावका बीच बिहीबार दक्षिण कोरियामा हुने राष्ट्रपति ट्रम्प र सी जिनपिङबीचको भेटवार्ताले द्वन्द्व शान्त पार्ने अपेक्षा गरिएको छ । आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.० अन्तर्गत डिजिटल व्यापार, हरित अर्थतन्त्र, दिगोपन र साना–मध्यम उद्योगहरूको प्रवद्र्धनमा जोड दिइनेछ । यसले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्नेछ ।

 

तर दक्षिण चीन सागरमा विवाद झन् तातिएको छ । फिलिपिन्सका राष्ट्रपति मार्कोसले समुद्री क्षेत्रमा चीनको ‘खतरनाक कार्य र उत्पीडन’ प्रति गम्भीर चिन्ता जनाउँदै भन्नुभयो, “समुद्री वातावरणको संरक्षणका नाममा कुनै पनि कदम सार्वभौमसत्तामाथि आक्रमण हुन सक्दैन ।” मार्कोसले आगामी वर्ष आसियान अध्यक्षता सम्हाल्दै विवादित जल क्षेत्रमा आचारसंहिता निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

 

यसबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुले फिलिपिन्समाथि ‘समुद्रमा उक्साहट र उल्लङ्घन’ गरेको आरोप लगाउँदै तनाव बढाएको दाबी गर्नुभयो । विश्लेषक वेल्शले भन्नुभयो, “दक्षिण चीन सागर विवादलाई क्षेत्रीय देशहरूले सुरक्षा विषयका रूपमा लिन्छन्, तर त्यसले चीनसँगको आर्थिक सम्बन्धमा ठूलो असर पार्ने सम्भावना कम छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

काठमाडौँ,   बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उहाँले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किनुभयो । “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उहाँले भन्नुभयो, “यो हाम्रो...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा,  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।राष्ट्रिय समाचार समिति...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९