छोराको निधनपछि गौरवकाे परिवार सहाराविहीन

सुदूरपश्चिम,  विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोक्नुभएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उहाँको परिवार सहाराविहीन भएको छ । गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो ।
विदेश पुगेर गर्ने कमाइले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवारका सदस्य शोकमा डुबेका छन् । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुवा, आमा र दिदीका आँसु रोकिएको छैन । पुत्र

शोकका कारण वासुदेव जोशी भेटेर समवेदना दिनेहरू समक्ष टोलाइरहनुहुन्छ । समवेदना दिन उहाँको निवासमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली दिइरहँदा वासुदेवको पीडा सहजै महसुस गर्न सकिन्छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतन स्कुलबाट १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इञ्जिनीयर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुग्नुभएको थियो । ७६वर्षीय वासुदेवले भन्नुभयो, “इञ्जिनीयर पढ्न चाहिने खर्चको जोहो गर्न धनगढीको घरलाई बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाइसकेको थिएँ, तर छोराले बेलायत गएर कमाईसँगै पढाइ गर्ने योजनासहित भिसा (राहदानी) को पहल गरिरहेको थियो । भदौ २३ गते उसँगै हाम्रा सपनाको निधन भएको छ ।”

 

बैतडीको दागेडाकेदार पुख्र्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा करिब ४५ वर्षअघि धनगढीमा बसाइँसराइ गर्नुभएको थियो । उहाँले वन कार्यालयको नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग सञ्चालन गरी जीविकोपार्जनसँगै सन्तानको पढाइ खर्च जुटाउनुभएको थियो । अहिले उहाँको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको कोठा भाडाका पुग्ने बाहेक अन्य आम्दानीको स्रोत छैन ।

 

गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै थाहा पाएको वासुदेवले बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढीमा रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार–पाँच पुग्दा आफूसँगै परिवार झसङ्ग भयौँ, त्यसपछि अन्योल र अनिश्चितताको वातावरण बनेको छ ।”

छोराको आशमा पहिलो श्रीमतिको सहमतिमा उहाँले दोस्रो विवाह गर्नुभएको थियो । कान्छीबाट छोरा गौरव जन्मिनुभएको थियो । उहाँकी छोरी निशा ‘एयर हेस्टेस’ अध्ययन सकाएर नोकरीको खोजीमा हुनुहुन्छ । काठमाडौँको बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बस्दै आउनुभएका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता थियो । भदौ २३ गतेको प्रदर्शनका क्रममा गौरवले सामाजिक सञ्जाल बन्द, विद्यमान बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा दिनुभएको प्रतिक्रिया भिडियो (श्रव्यदृश्य)मार्फत सार्वजनिक भएका थिए ।

 

“जन्मेपछि मृत्यु अनिवार्य हुन्छ ,तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्त्व बेग्लै रहन्छ, बैतडीमा जन्मिएका सहीद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ”, बुवा वासुदेवले भन्नुभयो । सरकारले समाजिक सञ्जाल बन्द गर्दा जेनजीहरूले प्रदर्शन गर्दैछन् भन्नेसम्म सूचना नपाउनुभएका वासुदेवले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गर्नुभएको थिएन ।

 

घटनापछि परिवारका अन्य सदस्यसहित उहाँ गौरवको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुग्नुभएको थियो । वासुदेवले थप्नुभयो, “काठमाडौँमा छोराको अन्त्येष्टिका दिनको शवयात्राले आफूलाई चिनायो, आफ्नै ठाउँमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो, तर कसैले गरेनन् ।”

 

सरकारले जेनजी प्रदर्शनका क्रममा निधन भएका गौरव जोशीसहित सबैलाई सहीद घोषणा गर्दै जनही रु १५ लाख राहत उपलब्ध गराइसकेको छ । उहाँको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा शालिक निर्माण गर्न जग्गा र आर्थिक सहयोगका लागि दाताको अपेक्षामा वासुदेव हुनुहुन्छ । हालसम्म कतैबाट पनि सहयोग पाउन नसकेको उहाँले बताउनुभयो ।

 

शालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने अश्वासन दिनुभएको छ”, वासुदेवले भन्नुभयो । सहीद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

जेनजी मार्ग र गौरव जोशीमार्ग नामाकरण 

जेनजी प्रदर्शनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्कमोड आसपासको सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गरेको छ । यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामाकरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ,  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराईका केही स्थानमा आज दिउँसो...

महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

काठमाडौँ,   बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उहाँले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किनुभयो । “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उहाँले भन्नुभयो, “यो हाम्रो...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा,  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।राष्ट्रिय समाचार समिति...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९