अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । मन्त्रालयले पहिलो पटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको हो ।

ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनियता, गुणस्तर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको छ । छलफलका क्रममा उहाँहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यकोतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका लागि पहल गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाको रूपमा स्थापित गर्न पहल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको भन्दै सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाइने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकबाट अनलाइन दर्ता र नवीकरणसम्बन्धी नियमावली पारित भई केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलले सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक सञ्चाल कहिल्यै बन्द हुँदैन’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सामाजिक सञ्जाल कहिल्यै पनि बन्द नहुने र बन्द नगरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ मूलधारको मिडिया वा कुनै पनि सञ्चारमाध्यम बन्द हुन नहुने स्पष्ट पार्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “म सञ्चारमन्त्रीको हैसियतले स्पष्ट पार्न चाहन्छु, सामाजिक सञ्जाल र नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदने छैन । कुनै पनि प्रकारका मिडिया बन्द गरिनु हुँदैन र त्यस्तो हुनेछैन ।”

मन्त्री खरेलले सामाजिक सञ्जाल व्यवस्थित र जिम्मेबार बनाउनुपर्छ र सबै जिम्मेवार बन्नुपर्छ भन्ने सरकारको धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले नयाँ मूलधारका मिडियाका प्रतिनिधिलाई तालिमका लागि मन्त्रालयले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीहरूलाई पनि सरकारले लोक–कल्याणकारी विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, डिजिटल साक्षरता अभियान तथा सामाजिक सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

त्यस्तै लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले लोकसञ्चारकर्मीहरूले सम्पूर्ण लोकका लागि पत्रकारिता गर्दै आएको र मुलुकको धार्मिक, सांस्कृतिक पर्यटनका लागि कलम चलाउँदै आएको जानकारी दिनुभयो । उहाँले डिजिटल सञ्चारको नियमन र प्रवद्र्धनमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिनुभयो । डिजिटल मिडिया अलाइन्सका उपाध्यक्ष मोनिका सिंहले अनलाइन मिडियालाई मूलधारका मिडियासरह सहुलियत र व्यवस्थित गर्न जरुरी भएको बताउनुभयो ।

अन्तरक्रियामा पत्रकारहरूले अनलाइन टिभीलाई प्राथमिकता दिएर सरोकारका विषयमा छलफल र सुझाव लिएकोमा सञ्चारमन्त्रीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घलगायत विभिन्न अनलाइन टिभीमा आवद्ध पत्रकारहरूको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९