 
                        ढोरपाटन (बागलुङ), रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ ।स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।राष्ट्रिय समाचार समिति (रासस)
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                


































 
                     
                     
                     
                     
                    

























































































































