विचार चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौँ,  विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ । यसबाट देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ । नेपालमा चोटपटकसम्बन्धी हालका अध्ययनहरू सीमित छन्, त्यसमा पनि खण्डित छन् । विशेष प्रकारका चोटपटकका बारेमा भएका अध्ययनहरु ससाना क्षेत्रमा मात्र केन्द्रित छन् । यसले गर्दा चोटपटकका कारण हुने घटनासम्बन्धी राष्ट्रियस्तरको तथ्याङ्कको अभाव छ भने उपचार र रोकथाम सेवा विकास गर्न चाहिने आवश्यक तथ्यपरक सुझावको पनि अभाव छ ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागबाट २०८०/८१ मा गरिएको एक अध्ययनले सातै प्रदेशका प्रमुख अस्पतालबाट चोटपटकसम्बन्धी सङ्कलन गरिएको तथ्याङ्क प्रयोग गरी यसको अवस्था, सामाजिक–जनसाङ्ख्यिकीय सम्बन्ध, आर्थिक क्षेत्रमा पारेको प्रभाव र रोकथामका उपायलाई केलाएर प्रस्तुत गरेको छ । जनसङ्ख्यामा चोटपटकका असरले गरिबी बढाउने र दिगो विकासमा बाधा पु¥याउने भएकाले चोटपटकका घटनालाई कम गर्न तथ्यमा आधारित नीतिनिर्माणको आवश्यकतामा जोड दिएको छ । चोटपटकको अवस्था, यसले निम्त्याएको आर्थिक भार र रोकथामका रणनीतिको विश्लेषण गरी नीतिनिर्माणका लागि सहयोग पुग्ने जानकारी दिने र चोटपटक रोकथाम वा व्यवस्थापनमा प्रभावकारी कार्यक्रम तर्जुमा गर्न तथ्यगत जानकारी दिने यस अध्ययनको उद्देश्य हो ।

को सबैभन्दा बढी प्रभावित ?

सो अध्ययनले देखाएअनुसार चोटपटक लाग्ने व्यक्तिमध्ये ६४ दशमलव १ प्रतिशत पुरुष रहेका छन् । उनीहरुको औसत उमेर ३४ दशमलव ४ वर्ष छ । उल्लेखनीय रूपमा चोट लागेका ७५ प्रतिशत पुरुष ४४ वर्षभन्दा कम उमेरका थिए र सबै चोटपटकका घटनाहरूमध्ये ४० प्रतिशत २५ वर्षमुनिका व्यक्तिहरूमा देखिएको थियो । यसमा पनि १५ देखि २४ वर्षको उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको पाइयो । वयस्कहरू विशेषगरी ५० वर्ष र माथिका महिलाहरू, पुरुषहरू (१५ दशमलव ६ प्रतिशत) को तुलनामा चोटपटकको उच्च अनुपात (२६ दशमलव ७ प्रतिशत) मा रहेका थिए । यसले उमेर र लिङ्गअनुसार फरकफरक जोखिम रहेको सङ्केत गर्छ ।

तथ्याङ्कले शिक्षा र पेसाका हिसाबले पनि चोटपटकको जोखिममा रहेका वर्गको भिन्नता दर्शाउँदै त्यस्ता निर्धारकको महत्वपूर्ण भूमिका रहने देखाएको छ । चोटपटक लागेका ५८ दशमलव ४ प्रतिशत व्यक्तिले प्राथमिक शिक्षा मात्र हासिल गरेका थिए । यसमा महिला असमान रूपमा बढी (६५ दशमलव ६ प्रतिशत) प्रभावित थिए । किसान (२४ दशमलव ९ प्रतिशत) र विद्यार्थी (२९ दशमलव ६ प्रतिशत) सबैभन्दा धेरै चोटपटक लाग्ने पेसागत समूहहरू थिए । यसले कृषि कार्यका जोखिम र युवा, सक्रिय जनसङ्ख्यामा चोटपटकको जोखिमलाई झल्काउँछ ।

चोटपटकका कारण सालाखाला ५ दशमलव ९ दिन बिरामीले अस्पतालमा बिताउनुपरेको देखिन्छ । विभिन्न कारणबाट घाइते भएकामध्ये पनि बिजुलीको करेन्ट लागेर अस्पताल भर्ना भएका, सडक दुर्घटनाबाट घाइते भएकाले सबैभन्दा लामो समयसम्म अस्पताल भर्ना भएर नै उपचार गर्नुपरेको देखिएको छ । त्यसपछि उक्त चोटपटकबाट पूर्ण रूपमा निको हुन लाग्ने समयमा भने धेरै अन्तर रहेको देखिन्छ । यसरी चोटपटक लागेका बिरामीमा परेको मनोसामाजिक असरले उनीहरुलाई दीर्घकालसम्म पनि सताइरहने र चोटपटकपछिको जीवन कष्टकर हुन्छ भन्नेबारेमा पनि अध्ययनमा सामेल भएका व्यक्तिहरूको तर्क थियो ।

चोटपटक लागेका बिरामीलाई कसरी लैजाने अस्पताल ?
चोटपटक लागेका बिरामीहरूलाई उचित समयमा उद्धार र उपचार सही तरिकाबाट गर्न सकियो भने धेरै बिरामीलाई अकाल मृत्युबाट बचाउनका साथसाथै अङ्गभङ्ग हुनबाट पनि जोगाउन सकिन्छ । यसरी बिरामीलाई उचित उद्धार गर्नका लागि एम्बुलेन्स सेवाको विकास र विस्तार भएको छ । तर पनि यस अध्ययनमा सामेल भएका व्यक्तिहरूका अनुसार एक तिहाइले मात्र एम्बुलेन्स सेवा प्रयोग गरेको पाइयो भने बाँकीको हकमा भने घटना भएको स्थानमा जेजस्ता साधन उपलब्ध थिए, त्यसको प्रयोग गरिएको पाइयो । यसमा पनि लगभग एक चौथाइ बिरामीलाई दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल वा स्कुटर) को प्रयोग गरी स्वास्थ्य सेवासम्म पु¥याइएको थियो ।

चोटपटक कहाँ र कसरी लाग्छ ?

घर र वरिपरिको वातावरण चोटपटक लाग्ने सबैभन्दा प्रमुख स्थान (४६ दशमलव ९ प्रतिशत) का रूपमा देखिएको छ । घरभित्र हुने चोटपटकमा पुरुषहरूको (३९ दशमलव ४ प्रतिशत) तुलनामा महिला (६० दशमलव २ प्रतिशत) उल्लेखनीय रूपमा बढी घाइते हुने गरेको पाइयो । सडक दोस्रो सबैभन्दा धेरै चोटपटक लाग्ने स्थान (३१ दशमलव ७ प्रतिशत) थियो, जसमा पुरुष सडक–सम्बन्धित घटनामा अत्यधिक रूपमा चोट लागेका (७५ प्रतिशत) थिए । फुर्सदका समय बिताइने स्थानहरू, कार्यस्थल र खेतबारीमा भने तुलनात्मक रूपमा कम अनुपातमा चोटपटक लाग्ने गरेको पाइयो ।

ठूलो सङ्ख्याका मानिसमा लडेर हुने चोटपटकको प्रमुख कारण थियो । विशेषगरी महिलामा सडक दुर्घटना दोस्रो स्थानमा थियो । यसले मुख्य रूपमा पुरुषलाई प्रभावित गरेको थियो र अन्य कारणमा कुकुर र सर्पजस्ता जनावरको टोकाइ, जलन र करेन्ट लागेर हुने चोटपटक थिए । सर्वसाधारणमा दुर्घटनाका जोखिमबारे सचेतनाको कमी हुनु र यसको रोकथामका बारेमा ज्ञान नहुनु चोटपटकका प्रमुख कारक भनी यो अध्ययनले पत्ता लगाएको छ । तीव्र गतिमा गाडी चलाउनु, लापरबाहीपूर्वक गाडी चलाउनु र मदिरा सेवनजस्ता मानवीय कारकहरूले ७५ प्रतिशत सडक दुर्घटना भएको भन्ने देखिएको छ । यस्ता व्यवहारलाई रोकथाम गर्न सकिने भएकाले अध्ययनको नतिजाले त्यसतर्फ न्यूनीकरणका लागि काम गर्नुपर्ने भनी प्रष्ट रूपमा औँल्याएको छ ।

आर्थिक क्षतिः अर्को गम्भीर समस्या 

चोटपटकले व्यक्तिलाई घाइते, अपाङ्ग वा मृत्यु गराउने मात्र नभई परिवारमा र समाजमा गम्भीर आर्थिक बोझ पनि थोपर्छ । यस अध्ययनले देखाएअनुसार जम्मा २८ दशमलव ७ प्रतिशत बिरामीले मात्र अस्पताल भर्ना हुनुअघि प्राथमिक उपचार पाएका थिए । प्राथमिक उपचार पाउनेमध्ये ग्रामीण क्षेत्रहरूमा ४३ प्रतिशत र सहरी क्षेत्रमा २५ दशमलव ४ प्रतिशत मात्र देखिएको थियो । चोटपटकका घाइतेको सवालमा यदि समयमै प्राथमिक उपचार दिइने व्यवस्था रहेमा घाइतेको अवस्था नबिग्रने र उपचारमा कम खर्च लाग्ने भएकाले विरामी निको हुने दर उच्च हुने आर्थिक क्षति पनि कम हुन्छ ।

चोटपटकको उपचारका लागि रकम खर्च गर्नेमध्ये धेरैले व्यक्तिगत बचत (६१ दशमलव ८ प्रतिशत ) वा आफन्तबाट ऋण लिएर (३३ प्रतिशत) खर्च  जेनतेन  चलाएको पाइयो । जबकी १७ दशमलव ५ प्रतिशतले मात्र स्वास्थ्य बिमा प्रयोग गरेका थिए । यसले  नेपालको  स्वास्थ्य सेवामा  रहेको आर्थिक सुरक्षाको खाडललाई उजागर गर्छ । नेपालमा स्वास्थ्य बीमा लागू गर्ने प्रयासमा सुस्तता र सीमितका कारण मानिसहरूले यस प्रकारका समस्याको लागि सम्पूर्ण खर्च स्वयम् व्यहोर्नु परेको छ । यद्यपि नेपाल सरकारले स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी र जलनजस्ता गम्भीर चोटपटकको लागि आंशिक आर्थिक सहायता वा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाएको छ ।

परिवारमा कसैलाई चोटपटकका कारण औषधोपचार गर्नुपर्ने अवस्था आएमा अन्य सदस्यहरूको दैनिक कार्यमा गम्भीर असर परेको देखिन्छ । बिरामीको स्याहार–सुसारमा लामो समय दिनुपरेकाले कतिपयले आफ्नो नियमित काम समेत छोड्नुपरेको अवस्था पाइन्छ । यसले गर्दा बिरामीसँगै उनका परिवारका सदस्यहरू पनि थप आर्थिक समस्यामा पर्ने स्थिति सिर्जना भएको छ ।

मनोवैज्ञानिक र सामाजिक असर

भौतिक क्षति वा शारीरिक समस्याका अतिरिक्त, चोटपटकले धेरैमा मनोवैज्ञानिक असर पारेको पनि अध्ययनले प्रष्ट रुपमा देखाएको छ । पुरुषहरू (२१ दशमलव ७ प्रतिशत) को तुलनामा महिलाहरू (२६ दशमलव ५ प्रतिशत) मानसिक रूपमा बढी प्रभावित पाइएका थिए । यसबाहेक, सात प्रतिशत उत्तरदाताहरूले भौतिक सम्पत्तिको क्षति भोग्नुपरेको देखिएको छ । यसको सालाखाला क्षति प्रतिव्यक्ति रु एक लाख १५ हजार २५० रहेको थियो ।  यसले न्यून आय भएका परिवारका लागि अत्यन्तै ठूलो प्रभाव  पारेको  थियो, जसबाट सजिलै पार पाउन धेरै गाह्रो हुने देखिन्छ । यस अध्ययनबाट चोटपटकको समस्याको रोकथामका लागि निम्न बहुआयामिक कार्यक्रमको आवश्यकतामा रहेको देखिएको छ ।

रोकथाम ः सडक सुरक्षाका उपायहरू (जस्तैः गति सीमाको कडाईका साथ पालना, मापसे जाँच) र घरभित्र (जस्तैः वृद्ध महिलाका लागि चिप्लनबाट बचाउने उपायहरू) लाई बलियो बनाउनुपर्छ र वरिपरिका क्षेत्रमा सुरक्षाका लागि समुदायमा सूसुचित गरी सुरक्षित वातावरण बनाउने प्रयासको तुरुन्त थालनी गर्ने । साथै, समुदायमा चोटपटकका कारण र यसको रोकथामका लागि अपनाउनुपर्ने उपायकाबारेमा उचित ज्ञान र सम्बन्धित निकायले चोटपटकका जोखिम न्यूनीकरणका लागि विशेष पहल गर्नुपर्नेछ ।

आर्थिक सुरक्षा ः उपचारमा लाग्ने व्यक्तिगत खर्च कम गर्न स्वास्थ्य बिमाको दायरा र आपत्कालीन कोष विस्तार गर्नुपर्छ ।मानसिक स्वास्थ्य सहायता ः चोटपटकका घाइतेको व्यवस्थापनमा उपचार र मनोसामाजिक परामर्श सेवालाई पनि समावेश गर्नुपर्छ । तथ्य–प्रमाणमा आधारित नीति तथा कार्यक्रमहरूः उच्च जोखिममा रहेका समूहहरू (जस्तैः बालबालिका, किसान, विद्यार्थी, वृद्ध महिला) का लागि चोटपटक रोकथामका कार्यक्रमहरू तयार गर्न प्रमाणमा आधारित नीति र कार्यक्रमहरू निर्माण गरी लागू गर्नुपर्छ ।

तसर्थ, चोटपटकहरू केबल अनपेक्षित वा अकस्मात हुने दुर्घटना मात्र होइनन् । यी अनुमान गरी रोक्न सकिने घटनाहरू हुन् । तिनका मूल कारणहरू र सामाजिक–आर्थिक प्रभावहरूलाई सम्बोधन गरेर नेपालले अकालमा हुने मृत्युबाट बचाउन, घाइते वा तिनका परिवारजनको पीडा कम गर्न र सुरक्षित, अझ चेटपटकका जोखिमबारे सेचत समाजको निर्माण गर्न सक्छ । अब काम गर्ने समय आएको छ । (लेखक सेढाईं पद्मकन्या बहुमुखी क्याम्पस, जनसङ्ख्या अध्ययन विभागको विभागीय प्रमुख तथा पन्त नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इन्नोभेसनमा अनुसन्धानकर्ता हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९