खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

दोधारा चाँदनी (कञ्चनपुर), सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् ।

 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताउनुभयो । “सुरुमा मङ्सिर ३ गतेसम्मको टोकन बाडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा भइसक्यो भनेर टोकन दिइएन”, उहाँले भन्नुभयो, “खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

 

उहाँजस्तै धान बिक्रीका लागि टोकन माग्दै किसानहरू दिनहुँ खाद्य कम्पनीको कार्यालयमा पुगिरहेका छन् । “खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले किसानलाई मूल्य नदिने, हामी जहिल्यै मार्कामा पर्छौँ”, किसान विष्णु पन्तले भन्नुभयो, “धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।”

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजसम्म (मङ्सिर ३ गते) का लागि एक साताअघि नै टोकन वितरण गरिसकिएको जनाएको छ । कम्पनीका प्रमुख महिकिरण महराले पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएकाले सोभन्दा बढी खरिद गर्न नसकिएको बताउनुभयो । “विगतका वर्षहरूमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा थियो, कम किसान आए”, उहाँले भन्नुभयो, “यस पटक कोटा कम छ । कोटा नबढेसम्म धान खरिद गर्न सकिँदैन ।”

 

उहाँका अनुसार हालसम्म २१४ किसानले धान बिक्रीका लागि नाम टिपाएका छन् । “गत वर्ष कोटाअनुसार धान खरिद नभएपछि हामीले बाहिरबाट चामल खरिद गर्नुप¥यो, उक्त चामल महँगो भएकाले अहिलेसम्म बिक्री हुन सकेको छैन”, प्रमुख महराले भन्नुभयो ।

 

खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरू यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विन्टल रु दुई हजार ४००–दुई हजार ५०० सम्ममा धान खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विन्टल मोटो रु तीन हजार ४६३ र मध्यम रु तीन हजार ६८८ मा खरिद गरिरहेको छ ।गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । त्यतिबेला रु तीन हजार ३०० क्विन्टल मात्रै खरिद भएकाले यसपटक कोटा घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।राष्ट्रिय समाचार समति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ ।निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।     समुद्री सतहबाट...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९