महावाणिज्य दूतावास कोलकताको क्षेत्राधिकार सीमित हुँदा समन्वयमा समस्या

कोलकता (भारत), नेपालका आयातकर्ताले भारतको कोलकता र हल्दिया पोर्टबाट स्थलमार्ग हुँदै कन्टेनरमा समान ओसार्दा भारतको झारखण्ड र विहार राज्यमा विभिन्न समस्या झेल्दै आइरहेका छन् । तेस्रो मुलुकबाट समुन्द्रीमार्ग हुँदै आयात भएका सामान वीरगञ्जमा रेल्वे¥याक वा ट्रक÷कन्टेनरमा ढुवानी गरेर ल्याउने गरिन्छ । नेपालका आयातकर्ताले स्थलमार्ग हुँदै ल्याउने सामानमा विशेष गरी झारखण्ड र विहार राज्यका प्रहरीलाई अत्यधिक भारवाहन र कन्टेनरको उचाइ बढी भएपछि जरिवाना तिर्नुपर्नेलगायत समस्या रहेका छन् । वीरगञ्जका उद्योगी÷व्यवसायीले पनि स्थलमार्ग हुँदै मालवाहक सवारीसाधन ल्याउँदा विभिन्न ठाउँमा उल्झान बेहोर्नुपरेको गुनासो गर्दै आइरहेका छन् ।

 

नेपाल कार्र्गाे ह्यान्डिलिङ एजेन्ट एसोसिएसन कोेलकाताका सचिव महेन्द्रकुमार दुगडले कोलकता हुँदै वीरगञ्ज भन्सार कार्यालयसँग मालवाहक ट्रक ढुवानी गर्दा विहार र झारखण्ड राज्यमा भारतीय प्रहरीबाट झन्झट बेहोर्नुपरेको गुनासो गर्नुभयो ।

 

“स्थलमार्गबाट मालवाहक सामान लैजाँदा भारतको झारखण्ड र विहारमा प्रहरीबाट विभिन्न किसिमका दण्ड जरिवाना लगाउने प्रवृत्तिको अन्त्य हुन जरुरी देखिएको छ”, उहाँले भन्नुभयो, “कहिले मालवाहक ट्रकको तौल बढी भयो, कहिले कन्टेनरको उचाइ बढी भयो भन्दै विभिन्न बाहाना बनाएर कारबाहीमा पर्ने गरेका छन् । त्यस्ता खालका समस्या समाधान हुन जरुरी छ ।”

 

नेपाली महावाणिज्य दूतावास कोलकताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले नेपालका व्यापारी तथा व्यवसायीको ट्रक र कन्टेनरमार्फत मालसमान ढुवानी गर्दा भारतको झारखण्ड र विहार राज्यमा बेलाबखत समस्या भोग्नुपरेको गुनासो आइरहेको बताउनुभयो ।

 

“नेपालका व्यापारीले स्थलमार्ग हुँदै समान ढुवानी गर्न झारखण्ड र विहार राज्यमा मालवाहक सवारीसाधनको तौल बढी भएको तथा उचाइ बढी भएका गुनासा आइरहेका छन्”, उहाँले भन्नुभयो, “महावाणिज्य दूतावासलाई भारतको पश्चिम बङ्गाल राज्यभित्रको मात्रै क्षेत्राधिकार तोकिएकाले पनि फरक राज्यमा समन्वय र सहकार्य गर्न अप्ठेरो भइरहेको छ । यद्यपि हामीले आफ्नोतर्फबाट गर्नुपर्ने समन्वय गरिरहेका छौँ ।”

नेपालले तेस्रो मुलुकबाट आयात गर्ने सामान समुद्रीमार्ग हुँदै कोलकता र हल्दिया पोर्ट हुँदै स्थलमार्गबाट करिब ८०० किलोमिटरको दूरीमा रहेको छ । त्यस्तै ती दुवै पोर्टबाट रेल्वे¥याकबाट पनि मालसामान ढुवानी गर्न सकिन्छ ।

 

महावाणिज्यदूत आचार्यले नेपालका लागि विश्वभरबाट समुद्रीमार्ग हुँदै आउने आयातित वस्तुहरू सहज रूपमा ढुवानी गर्न महावाणिज्य दूतावासले व्यापारमा सहजीकरण गर्दै आइरहेको बताउनुभयो । “तेस्रो मुलुकबाट समुद्रीमार्ग हुँदै आउने तथा कोलकाता र हल्दिया बन्दरगाह हुँदै आउने सामानलाई सहजीकरण मात्रै नभएर आवश्यक समन्वय पनि गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “कोलकतास्थित भारतीय निकायसँग समन्वय र सहकार्य गरेर नेपाली आयातकर्ताको सामान सहज र प्रभावकारी रूपले व्यवस्थापन गर्ने प्रयत्न गर्दै आइरहेका छौँ ।”
 

कोलकता पोर्ट हुँदै ६० प्रतिशत मालवाहक सामान रेल्वे¥याकमार्फत कन्टेनर ल्याइन्छ भने ४० प्रतिशत मालवाहक सामान ट्रकमा ओसार्ने गरिन्छ । महावाणिज्यदूत आचार्यले कोलकता महावाणिज्य दूतावासको क्षेत्राधिकार झारखण्ड, विहार र आन्द्रा प्रदेशमा अवस्थित विशाखापट्नमसम्म वृद्धि गर्न आवश्यक भएको बताउनुभयो ।

 

अहिले विशाखापट्नम बन्दरगाहको व्यापार सहजीकरणको काम भने दिल्लीमा अवस्थित नेपाली राजदूतावासले हेर्दै आइरहेको छ । कोलकताबाट विशाखापट्नम बन्दरगाह एक हजार किलोमिटरको दूरीमा अवस्थित छ भने दिल्लीबाट सो बन्दगाह करिब दुई हजार किमी टाढा पर्दछ । कोलकतास्थित महावाणिज्य दूतावासको एक अध्ययनअनुसार कोलकता पोर्ट हुँदै करिब ८० प्रतिशत मालवाहक सामान वीरगञ्ज नाका भित्रिने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

तुलसीपुर (दाङ),  थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९