सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास

काठमाडौँ,  विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि केही सफल प्रयासमा विकसित देशले उपलब्ध गराउने गरेको सहयोगको क्रम घट्न जाने वा बन्द हुने क्रम चलेसँगै विश्वका कम विकसित तथा विपन्न राष्ट्रहरूमा एक किसिमको भय र त्रास बढिरहेको छ ।

 

 

सङ्क्रमितहरूलाई उपलब्ध गराइने औषधि तथा सूईको मूल्य महँगो हुने हुँदा सोको आपूर्तिमा बाधा उत्पन्न हुन गई खासगरी तेस्रो विश्वका कमजोर राष्ट्रहरूमा एचआईभी एड्स नियन्त्रण तथा रोकथामका उपायहरू कम प्रभावी वा निरर्थक बन्दै जाने आशङ्का बढेको अवस्था छ ।

 

 

पर्यटन र एचआईभी एड्स

यात्रा र सरुवा रोग अर्थात पर्यटन र महामारीजन्य प्रकोपको नितान्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । एक ठाउँका घातक रोग अर्को ठाउँमा सहजै सर्नसक्छ । एचआईभी एड्स त्यस्तै प्रकोप वा महाविपद् हो । यात्राबाटै अफ्रिकादेखि विश्वभर फैलिँदै गएको यो एचआईभी रोग वा यसका कारण हुन जाने अन्य ‘प्रतिकारात्मक शक्ति क्षय हुने रोग’ तथा विविध विमारहरूले गर्दा अहिलेसम्म विश्वमा करिब पाँच करोड व्यक्तिको ज्यान गएको छ ।

 

 

त्यसैगरी एचआइभी एड्सपछिको अर्को विश्वव्यापी संकटजन्य ‘प्यान्डेमिक रोग’ अर्थात् कोरोना (कोभिड १९) ले पनि सन् २०१९ को डिसेम्बर महिनादेखि हालसम्म करिब ७१ लाख २० हजार मानिसलाई यो विश्वबाट लगिसकेको छ । छिटो छिटो फैलिएर विश्वका सबै मानिसमा त्रास बढाएको यो रोगलाई संक्रमण र विनाशका हिसाबले एचआईभी एड्सभन्दा पनि झनै खतरा मानियो । हामीले यसलाई महाघातक, महामरक आदिका संज्ञा पनि दिइयो । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट तीव्र रूपमा फैलिन सुरु गरेको ‘कोभिड १९’ सन् २०२५ मा पनि विश्वका कतिपय ठाउँमा नयाँ–नयाँ ‘भेरियन्ट’को रूपमा देखापरेबाट हामी अझ पनि कोरोनाजन्य महाविपत्बाट पूर्णतः सन्त्रासरहित हुन सकेका छैनौँ ।

 

 

बढ्दो भयावहता

चाहे एचआइभी होस् वा कोरोना, मानिसमा छाला, रगत र सासका माध्यमबाट सर्ने समस्याले गर्दा पर्यटनका लागि यी आपत्जन्य वा जोखिमजन्य कुरा हुन् । एक ठाउँको पर्यटक अर्को ठाउँमा जाँदा सङ्क्रामक रोग लिएर जान्छ र त्यसबाट स्थानीय परिवेशमा रोग फैलिने त्रास हुन्छ भने त्यसले निश्चय नै पर्यटन विकासमा ठूलो अवरोध ल्याउँछ । कोभिडका बेला विश्वभर झण्डै ९५ प्रतिशत पर्यटकीय गतिविधि ठप्प हुन पुगे । पर्यटक आगमनमा पनि त्यही दरमा कटौती भयो । सन् २०२० र २०२१ मा विश्वको पर्यटन तहसनहस बन्न पुग्यो । नेपालको पर्यटनको हबिगत पनि झनै दुरुह बन्न पुग्यो । सन् २०१९ मा करिब १२ लाख पर्यटक आगमन रहेकामा सन् २०२० र २०२१ मा त्यो संख्या डेढ–दुई लाखको हाराहारीमा झर्नु भनेको नेपालका लागि अत्यन्त पीडादायी र नैराश्यताको स्थिति थियो ।

 

 

नेपालको पर्यटन विकासको प्रक्रिया र गतिमा त्यो ठूलो झट्का थियो, अनपेक्षित महासंकट नै थियो । सन् २०२२, २०२३ र २०२४ मा पर्यटनको लयलाई कम्तीमा पुरानै अवस्थामा पु¥याउने हाम्रा प्रयास भए पनि ती पूर्णरूपेण सफल हुन सकेनन् । पर्यटनको ‘रिकभरी’ हुन अझ पनि केही समय कुर्नुपर्ने भएको छ । कोभिड–१९ ले पारेको प्रभावलाई अहिलेसम्मकै अत्यन्त ठूलो प्रभाव मानिएको छ । तर एचआइभी सङ्क्रमणले कोभिडले जस्तो एक्कैपटक ध्वस्त नपारे पनि भित्रभित्र समाज खाइरहेको हुन्छ । पर्यटन समुदायलाई कमजोर र ग्लानियुक्त बनाइरहेको हुन्छ ।

 

 

पछिल्ला तथ्याङ्कहरूले भनिरहेछन् विश्वमा एचआइभीको भयावहता घटेको छैन, भविष्यमा आई पर्नसक्ने चुनौतीको ढोका बन्द भएको छैन । नेपालमा मात्रै अहिले पनि करिब ३४ हजार एचआइभी सङ्क्रमित हुनु, करिब आठ हजार सङ्क्रमितले नियमित औषधि सेवन गरिहनुपर्ने अवस्था हुनु र विश्व आर्थिक सङ्कट बढ्दै गएअनुसार वैदेशिक सहयोगको रकम घट्दै जानुले सरकारले मात्र यस्ता एचआईभी सङ्क्रमितहरूलाई नियमित औषधिको प्रबन्ध गर्न सक्ला नसक्ला भन्ने द्विविधा र संशय कायमै छ । त्यसै त हामी ऋणमा चुर्लुम्म डुबिरहेका छौँ, अझ विरामी उपचारका लागि पनि वैदेशिक ऋण खोज्नुपर्ने अवस्था आयो भने हाम्रो हालत के होला ? यस्तो स्थितिमा दिगो विकासको समग्र चक्रलाई प्रभाव त पर्छ नै त्यसमा पनि पर्यटनको चक्रमा थप दूरगामी असर पुग्छ ।

 

 

पर्यटनको रूप र धूप बढ्दै गएपछि त्यसले यौन बजारलाई बढावा दिन्छ । नाफाखोरिताको चरम नमूना ‘यौन पर्यटन बजार’ हो । हरेक विकृति त्यहाँ भेट्न सकिन्छ । ‘समाजलाई बिगार्छ’ भन्ने कुरा मान्न यो समूह कहिल्यै तयार हुँदैन । यो एउटा तीतो सत्य हो । हामीलाई सुन्न मन नलागे पनि सुन्न बाध्य बनाउने यथार्थ हो । विश्वका कतिपय देशले यस्तो यौन बजारलाई बैधता प्रदान गरेको भए पनि नेपालले हालसम्म बैधता दिएको छैन । यद्यपि, केही नीतिनिर्माता तथा व्यवसायीहरू यसको पक्षमा छन्, तर जनमानस र स्थानीय समुदायले भने यस्तो प्रस्तावको खरो विरोध गरिरहेका छन् । पाँच प्रतिशतको लाभका लागि पञ्चानब्बे प्रतिशत जनताको अहित कसैले भित्र्याउनुहुँदैन । बहस हुँदैछ, भविष्यमा बैधता पाउला नपाउला, तर पनि नेपालमा अबैध रूपमा यस्ता यौनधन्दा भइरहेको कसैसामु छिपेको छैन । लुकेको सत्यका बारेमा धेरै पत्रकार तथा साहित्यकारहरूले उजागर गर्दै आएका छन् ।

 

 

विश्व अनुभव र अबको सचेतता

विश्वको अनुभवले भन्छ, महिला, पुरुष, तेस्रो लिङ्गी, फरक यौन चाहना भएका व्यक्ति आदि सबै खालका मानिसहरू रुचि वा अरुचिपूर्वक पनि यस्तो बजारमा तानिने गरेका छन् । यसमा बढी आर्थिक लाभ हुन्छ भन्ने भनाइ छ । तर पीडित तथा संक्रमितहरू यो धर्तीबाट छिट्टै माथि लाग्छन् भन्ने कुरा लोभीपापीले बुझेका हुँदैनन् । ‘पैसैपैसा …’ भन्ने मदनकृष्ण श्रेष्ठको गीतजस्तै त्यो जमातले पैसाभन्दा यो दुनियाँमा अर्को महत्वपूर्ण कुरा छ भन्ने कुरा ख्यालै गर्दैन । यौन व्यवसाय चलाएर रातारात ‘कार चढ्न आतुर’ त्यस्तो जमातलाई अब छुटकारा दिनुहुँदैन । नवपुस्ता (जेनजी) ले पनि यस सवालमा एउटा ध्यान दिनुपर्ने बेला भएको छ ।

 

 

सबैले बुझ्नुपर्छ, बहुव्यक्तिसँग यौनसम्बन्ध कायम हुनु भनेको यौनजन्य रोगको सहज आमन्त्रण हुनु हो । यौनजन्य रोगमा एचआईभी एड्स सबैभन्दा घातक रोग भएकाले एक जनामा सर्नेवित्तिकै त्यस्तो रोग केही दिन वा महिनामा हजारौँमा सर्न सक्छ । पर्यटनको केन्द्र वा गन्तव्यमा यस खालको नकारात्मक खबर आयो भने त्यो ठाउँ सदाका लागि पर्यटनबाट वञ्चित हुनसक्छ । टिकाउ पर्यटन अर्थात दिगो पर्यटन व्यवस्थापनमा त्यो सन्दर्भ महाचुनौतीको रूपमा देखा पर्दछ । थाइल्याण्डजस्ता देशले यस मामिलामा पछिल्लो समय केही सचेतता देखाउन थालेका छन् । पुँजीवादी र भौतिक संसारमा लिप्त प्रवृत्ति र संस्कारले यौन उपभोगवादलाई ‘किन्ने बेच्ने वस्तु’ र ‘किन्ने बेच्ने सेवा’ ठान्ने प्रवृत्ति नहटेसम्म पर्यटन जगतबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष, यस्तो यौन व्यापार हटाउन कठिन छ । कतिपयले यसै माध्यमलाई पर्यटनको ‘दिगो स्रोत’ पनि ठान्न सक्छन् । त्यो क्षणिक हो ।

 

 

तसर्थ, हामीले आजैदेखि सोच्नुपर्छ बुद्धको देश, सीताको देश, भृकुटीको देश, सगरमाथाको देश हाम्रो महागौरवमय नेपालमा त्यस खालको पर्यटनले बढावा पाउनु हुँदैन । यहाँको प्रकृति, यहाँको संस्कृति, यहाँको इतिह्रास र यहाँका हजारौं रैथाने खानापिना र नाना–गाना–बजानाले विश्वका जुनसुकै कुनाका पर्यटकलाई दुई हप्ता बसाउन काफी छन् । केही विन्दु र कुनामा चलाउन आँटिने यौनकर्ममय पर्यटन हाम्रो चाहना र नीतिगत प्राथमिकता कहिल्यै पनि हुनुहुँदैन । एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन । चाहे शहर होस्, चाहे गाउँ होस्, व्यावसायिक यौनकर्म हुने ठाउँमा सरकार र स्थानीय समुदायले कडा निगरानी राख्नुपर्ने आवश्यकता छ । विश्वभर एड्सविरुद्धको सचेतना दिवस मनाइरहेको बेला आजको मूल सन्देश पनि यही हो । हामी सबैलाई चेतना भया । (लेखक दिगो पर्यटन विकासविज्ञ हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

बारा–३ र ४ मा रास्वपा विजयी

बारा,  बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित हुनुभएको हो ।बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २००...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९