सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास

काठमाडौँ,  विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि केही सफल प्रयासमा विकसित देशले उपलब्ध गराउने गरेको सहयोगको क्रम घट्न जाने वा बन्द हुने क्रम चलेसँगै विश्वका कम विकसित तथा विपन्न राष्ट्रहरूमा एक किसिमको भय र त्रास बढिरहेको छ ।

सङ्क्रमितहरूलाई उपलब्ध गराइने औषधि तथा सूईको मूल्य महँगो हुने हुँदा सोको आपूर्तिमा बाधा उत्पन्न हुन गई खासगरी तेस्रो विश्वका कमजोर राष्ट्रहरूमा एचआईभी एड्स नियन्त्रण तथा रोकथामका उपायहरू कम प्रभावी वा निरर्थक बन्दै जाने आशङ्का बढेको अवस्था छ ।

पर्यटन र एचआईभी एड्स

यात्रा र सरुवा रोग अर्थात पर्यटन र महामारीजन्य प्रकोपको नितान्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । एक ठाउँका घातक रोग अर्को ठाउँमा सहजै सर्नसक्छ । एचआईभी एड्स त्यस्तै प्रकोप वा महाविपद् हो । यात्राबाटै अफ्रिकादेखि विश्वभर फैलिँदै गएको यो एचआईभी रोग वा यसका कारण हुन जाने अन्य ‘प्रतिकारात्मक शक्ति क्षय हुने रोग’ तथा विविध विमारहरूले गर्दा अहिलेसम्म विश्वमा करिब पाँच करोड व्यक्तिको ज्यान गएको छ ।

त्यसैगरी एचआइभी एड्सपछिको अर्को विश्वव्यापी संकटजन्य ‘प्यान्डेमिक रोग’ अर्थात् कोरोना (कोभिड १९) ले पनि सन् २०१९ को डिसेम्बर महिनादेखि हालसम्म करिब ७१ लाख २० हजार मानिसलाई यो विश्वबाट लगिसकेको छ । छिटो छिटो फैलिएर विश्वका सबै मानिसमा त्रास बढाएको यो रोगलाई संक्रमण र विनाशका हिसाबले एचआईभी एड्सभन्दा पनि झनै खतरा मानियो । हामीले यसलाई महाघातक, महामरक आदिका संज्ञा पनि दिइयो । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट तीव्र रूपमा फैलिन सुरु गरेको ‘कोभिड १९’ सन् २०२५ मा पनि विश्वका कतिपय ठाउँमा नयाँ–नयाँ ‘भेरियन्ट’को रूपमा देखापरेबाट हामी अझ पनि कोरोनाजन्य महाविपत्बाट पूर्णतः सन्त्रासरहित हुन सकेका छैनौँ ।

बढ्दो भयावहता

चाहे एचआइभी होस् वा कोरोना, मानिसमा छाला, रगत र सासका माध्यमबाट सर्ने समस्याले गर्दा पर्यटनका लागि यी आपत्जन्य वा जोखिमजन्य कुरा हुन् । एक ठाउँको पर्यटक अर्को ठाउँमा जाँदा सङ्क्रामक रोग लिएर जान्छ र त्यसबाट स्थानीय परिवेशमा रोग फैलिने त्रास हुन्छ भने त्यसले निश्चय नै पर्यटन विकासमा ठूलो अवरोध ल्याउँछ । कोभिडका बेला विश्वभर झण्डै ९५ प्रतिशत पर्यटकीय गतिविधि ठप्प हुन पुगे । पर्यटक आगमनमा पनि त्यही दरमा कटौती भयो । सन् २०२० र २०२१ मा विश्वको पर्यटन तहसनहस बन्न पुग्यो । नेपालको पर्यटनको हबिगत पनि झनै दुरुह बन्न पुग्यो । सन् २०१९ मा करिब १२ लाख पर्यटक आगमन रहेकामा सन् २०२० र २०२१ मा त्यो संख्या डेढ–दुई लाखको हाराहारीमा झर्नु भनेको नेपालका लागि अत्यन्त पीडादायी र नैराश्यताको स्थिति थियो ।

नेपालको पर्यटन विकासको प्रक्रिया र गतिमा त्यो ठूलो झट्का थियो, अनपेक्षित महासंकट नै थियो । सन् २०२२, २०२३ र २०२४ मा पर्यटनको लयलाई कम्तीमा पुरानै अवस्थामा पु¥याउने हाम्रा प्रयास भए पनि ती पूर्णरूपेण सफल हुन सकेनन् । पर्यटनको ‘रिकभरी’ हुन अझ पनि केही समय कुर्नुपर्ने भएको छ । कोभिड–१९ ले पारेको प्रभावलाई अहिलेसम्मकै अत्यन्त ठूलो प्रभाव मानिएको छ । तर एचआइभी सङ्क्रमणले कोभिडले जस्तो एक्कैपटक ध्वस्त नपारे पनि भित्रभित्र समाज खाइरहेको हुन्छ । पर्यटन समुदायलाई कमजोर र ग्लानियुक्त बनाइरहेको हुन्छ ।

पछिल्ला तथ्याङ्कहरूले भनिरहेछन् विश्वमा एचआइभीको भयावहता घटेको छैन, भविष्यमा आई पर्नसक्ने चुनौतीको ढोका बन्द भएको छैन । नेपालमा मात्रै अहिले पनि करिब ३४ हजार एचआइभी सङ्क्रमित हुनु, करिब आठ हजार सङ्क्रमितले नियमित औषधि सेवन गरिहनुपर्ने अवस्था हुनु र विश्व आर्थिक सङ्कट बढ्दै गएअनुसार वैदेशिक सहयोगको रकम घट्दै जानुले सरकारले मात्र यस्ता एचआईभी सङ्क्रमितहरूलाई नियमित औषधिको प्रबन्ध गर्न सक्ला नसक्ला भन्ने द्विविधा र संशय कायमै छ । त्यसै त हामी ऋणमा चुर्लुम्म डुबिरहेका छौँ, अझ विरामी उपचारका लागि पनि वैदेशिक ऋण खोज्नुपर्ने अवस्था आयो भने हाम्रो हालत के होला ? यस्तो स्थितिमा दिगो विकासको समग्र चक्रलाई प्रभाव त पर्छ नै त्यसमा पनि पर्यटनको चक्रमा थप दूरगामी असर पुग्छ ।

पर्यटनको रूप र धूप बढ्दै गएपछि त्यसले यौन बजारलाई बढावा दिन्छ । नाफाखोरिताको चरम नमूना ‘यौन पर्यटन बजार’ हो । हरेक विकृति त्यहाँ भेट्न सकिन्छ । ‘समाजलाई बिगार्छ’ भन्ने कुरा मान्न यो समूह कहिल्यै तयार हुँदैन । यो एउटा तीतो सत्य हो । हामीलाई सुन्न मन नलागे पनि सुन्न बाध्य बनाउने यथार्थ हो । विश्वका कतिपय देशले यस्तो यौन बजारलाई बैधता प्रदान गरेको भए पनि नेपालले हालसम्म बैधता दिएको छैन । यद्यपि, केही नीतिनिर्माता तथा व्यवसायीहरू यसको पक्षमा छन्, तर जनमानस र स्थानीय समुदायले भने यस्तो प्रस्तावको खरो विरोध गरिरहेका छन् । पाँच प्रतिशतको लाभका लागि पञ्चानब्बे प्रतिशत जनताको अहित कसैले भित्र्याउनुहुँदैन । बहस हुँदैछ, भविष्यमा बैधता पाउला नपाउला, तर पनि नेपालमा अबैध रूपमा यस्ता यौनधन्दा भइरहेको कसैसामु छिपेको छैन । लुकेको सत्यका बारेमा धेरै पत्रकार तथा साहित्यकारहरूले उजागर गर्दै आएका छन् ।

विश्व अनुभव र अबको सचेतता

विश्वको अनुभवले भन्छ, महिला, पुरुष, तेस्रो लिङ्गी, फरक यौन चाहना भएका व्यक्ति आदि सबै खालका मानिसहरू रुचि वा अरुचिपूर्वक पनि यस्तो बजारमा तानिने गरेका छन् । यसमा बढी आर्थिक लाभ हुन्छ भन्ने भनाइ छ । तर पीडित तथा संक्रमितहरू यो धर्तीबाट छिट्टै माथि लाग्छन् भन्ने कुरा लोभीपापीले बुझेका हुँदैनन् । ‘पैसैपैसा …’ भन्ने मदनकृष्ण श्रेष्ठको गीतजस्तै त्यो जमातले पैसाभन्दा यो दुनियाँमा अर्को महत्वपूर्ण कुरा छ भन्ने कुरा ख्यालै गर्दैन । यौन व्यवसाय चलाएर रातारात ‘कार चढ्न आतुर’ त्यस्तो जमातलाई अब छुटकारा दिनुहुँदैन । नवपुस्ता (जेनजी) ले पनि यस सवालमा एउटा ध्यान दिनुपर्ने बेला भएको छ ।

सबैले बुझ्नुपर्छ, बहुव्यक्तिसँग यौनसम्बन्ध कायम हुनु भनेको यौनजन्य रोगको सहज आमन्त्रण हुनु हो । यौनजन्य रोगमा एचआईभी एड्स सबैभन्दा घातक रोग भएकाले एक जनामा सर्नेवित्तिकै त्यस्तो रोग केही दिन वा महिनामा हजारौँमा सर्न सक्छ । पर्यटनको केन्द्र वा गन्तव्यमा यस खालको नकारात्मक खबर आयो भने त्यो ठाउँ सदाका लागि पर्यटनबाट वञ्चित हुनसक्छ । टिकाउ पर्यटन अर्थात दिगो पर्यटन व्यवस्थापनमा त्यो सन्दर्भ महाचुनौतीको रूपमा देखा पर्दछ । थाइल्याण्डजस्ता देशले यस मामिलामा पछिल्लो समय केही सचेतता देखाउन थालेका छन् । पुँजीवादी र भौतिक संसारमा लिप्त प्रवृत्ति र संस्कारले यौन उपभोगवादलाई ‘किन्ने बेच्ने वस्तु’ र ‘किन्ने बेच्ने सेवा’ ठान्ने प्रवृत्ति नहटेसम्म पर्यटन जगतबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष, यस्तो यौन व्यापार हटाउन कठिन छ । कतिपयले यसै माध्यमलाई पर्यटनको ‘दिगो स्रोत’ पनि ठान्न सक्छन् । त्यो क्षणिक हो ।

तसर्थ, हामीले आजैदेखि सोच्नुपर्छ बुद्धको देश, सीताको देश, भृकुटीको देश, सगरमाथाको देश हाम्रो महागौरवमय नेपालमा त्यस खालको पर्यटनले बढावा पाउनु हुँदैन । यहाँको प्रकृति, यहाँको संस्कृति, यहाँको इतिह्रास र यहाँका हजारौं रैथाने खानापिना र नाना–गाना–बजानाले विश्वका जुनसुकै कुनाका पर्यटकलाई दुई हप्ता बसाउन काफी छन् । केही विन्दु र कुनामा चलाउन आँटिने यौनकर्ममय पर्यटन हाम्रो चाहना र नीतिगत प्राथमिकता कहिल्यै पनि हुनुहुँदैन । एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन । चाहे शहर होस्, चाहे गाउँ होस्, व्यावसायिक यौनकर्म हुने ठाउँमा सरकार र स्थानीय समुदायले कडा निगरानी राख्नुपर्ने आवश्यकता छ । विश्वभर एड्सविरुद्धको सचेतना दिवस मनाइरहेको बेला आजको मूल सन्देश पनि यही हो । हामी सबैलाई चेतना भया । (लेखक दिगो पर्यटन विकासविज्ञ हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९