सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार

महेन्द्रनगर,  सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । खुला सीमाका कारण पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट सबैभन्दा बढी प्रताडित छ । सुदूरका सात पहाडी जिल्ला पनि त्यसबाट अछुतो रहन सकेका छैनन् ।
प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउपर्नेक्रम निरन्तर छ भने यहाँ सबैभन्दा बढी कारागारमा लागुऔषध मुद्दाकै अभियुक्त पुर्पक्ष र कैद सजाय भोग्दै थुनामा रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा लागुऔषध डरलाग्दो रुपमा फैलिएको छ ।

बितेका ४४ महिनामा सुदूरपश्चिमका नौ जिल्लाबाट दुई हजार ९३० जना अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । यसबाट युवापुस्ता सबैभन्दा बढी प्रभावित छ । लागुऔषध सचेतना र कारबाही सँगसँगै अघि बढाएको सुदूरपश्चिम प्रहरीले हरेक वर्ष यहाँ भारतबाट अवैध रुपमा आयात हुने लागुऔषध ठूलो परिणाममा बरामदसमेत गर्दै आएको छ ।
 
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर २३५ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । त्यसमा नौ महिला र बाँकी पुरुष अभियुक्त रहेका छन् । चालु आवको हालसम्म यहाँ लागुऔषध हिरोइन ३४१ ग्राम ५०२ मिलिग्राम खैरोहिरोइन, १५ किलो ९६५ ग्राम चरेश बरामद गरिएको छ ।
 
त्यसैगरी, प्रहरीले यो अवधिमा अन्य लागुऔषध सामग्रीसमेत ठूलो सङ्ख्यामा बरामद गरेको छ । यहाँ चालु आवको हालसम्म सबैभन्दा बढी लागुऔषध मुद्दामा कैलालीबाट १२१, कञ्चनपुरबाट ७८, बझाङबाट नौ, दार्चुलाबाट पाँच, डडेल्धुराबाट चार तथा बैतडी, डोटी र बाजुराबाट तीन÷तीन जना अभियुक्त पक्राउ परेका छन् ।

त्यस्तै, गत आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिमबाट प्रहरीले लागुऔषधका ६९३ मुद्दा दर्ता गरी १० हजार ४३ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो आवमा पनि सबैभन्दा बढी कैलालीबाट ६५८ जना र कञ्चनपुरबाट २५९ जना पक्राउ गरेको तथ्याङ्कले देखाएको छ । प्रहरीको वार्षिक तथ्याङ्बाट पनि तराईका यी दुई जिल्लामा लागुऔषधको कारोबार बढ्दै गएकाले पक्राउ दर पनि उच्च छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबारमा यहाँ युवापुस्ता बढी आबद्ध देखिएको बताउनुभयो । “युवा जनशक्ति यसरी लागुऔषधमा मिसिन पुग्दै जाने हो भने यो समाजका लागि दुर्भाग्य हुन जान्छ”, श्रीवास्तवले भन्नुभयो, “यसको रोकथाम र नियन्त्रणका लागि प्रहरीसँगै अभिभावक र समाजको सामूहिक सहकार्य अति जरुरी छ ।”

उहाँले हरेक दिन लागुऔषध नियन्त्रणका लागि प्रहरी सुदूरपश्चिमका सबै जिल्ला र सीमानाकामा सक्रिय भएर लागि परेको बताउनुभयो । “यसको नियन्त्रणमा हामी गम्भीर नदेखिने हो भने यो समाजमा क्यान्सरका रुपमा फैलिँदै जान्छ”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि सचेतनाका कक्षा पनि प्रहरीले सबैतिर सञ्चालन गरिरहेको छ ।”

प्रहरीका अनुसार बितेका तीन आवमा सुदूरपश्चिममा नौ हजार ५७६ लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रहरीले विभिन्न माध्यमबाट गरेको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ता भारतीय सीमावर्ती बजारसम्म आफ्नो सम्बन्ध विस्तार गरिरहेकाबारे प्रहरी पनि जानकार छ ।
“प्रायः नेपाल–भारत सीमा बैठकमा नेपाली पक्षले लागुऔषध नियन्त्रणका लागि भारतीय पक्षसित आग्रह र सहकार्यका लागि आमन्त्रण गरिरहन्छ”, प्रदेश प्रहरीका एक अधिकारीले भन्नुभयो, “यसमा भारतीय पक्षले गम्भीर चासो राखेको अवस्था छैन ।”
त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिममा लागुऔषधका ५४५ मुद्दा दर्ता भई प्रहरीले ७९६ जनालाई पक्राउ गरेको थियो । आव २०७९÷८० मा सुदूरपश्चिममा लागुऔषध मुद्दामा ८५६ जना पक्राउ परेका थिए । सो आवमा लागुऔषधका ५४० मुद्दा दर्ता यहाँ भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
कञ्चनपुरको महेन्द्रनगरका लागुऔषध नियन्त्रणका लागि दशकौँदेखि सक्रिय धूम्रमान निषेधका अभियानकर्मी मदन चन्दले सुदूरपश्चिममा लागुऔषध दुव्र्यसन भयावह अवस्थामा रहेको बताउनुभयो ।
“लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि स्कुलस्तर र टोलटोलमा अभियान सञ्चालन आवश्यक छ, लागुऔषधकै कारण सवारी दुर्घटना बढिरहेका छन्”, लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजकसमेत रहेका चन्दले भन्नुभयो ।

संयोजक चन्दले सन्ततिलाई लागुऔषध दुव्र्यसनबाट जोगाउन अभिभावक नै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । “दुव्र्यसनमा लिप्त भइसकेपछि छोराछोरीलाई स्तरीय पुनःस्थापना केन्द्र खोज्न भौतारिनुभन्दा समयमै छोराछोरीको ख्याल नगरे अवस्था विषम भइसक्यो”, चन्दले भन्नुभयो, “ग्रामीण बस्तीदेखि पहाडी बस्तीसम्म दुव्र्यसन फैलिरहँदा राज्यले नियन्त्रणका लागि राज्यको प्रभावकारी कदम चालेको छैन ।”
उहाँले सरकारीस्तरबाट लागुऔषध नियन्त्रणका लागि बर्सेनि हुने अभियानले प्रभावकारी नभएको जिकिर गर्नुभयो । “देखावटीभन्दा नतिजा आउनेगरी कार्यक्रम सञ्चालन हुनुप¥यो”, चन्दले भन्नुभयो, “सहर बजारका अभियान÷महाअभियान र ठूला छलफलले मात्रै लागुऔषध नियन्त्रण र रोकथाम सम्भव छैन ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

दमौली (तनहुँ),मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम...

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।आज यहाँ पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उहाँले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता...

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

जुम्ला,  यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् ।     कार्यालय प्रमुख मन्दिरनाथ योगीले...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

काठमाडौँ,  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल

काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।   बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट...

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

काठमाडौँ,  दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।     चन्द्रले राउन्ड...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९