काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा आर्मीले एभरेष्ट क्लबमाथि पहिलो सेट २५–१७ ले जित्यो भने खेलको दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो ।
त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले सुदूरपश्चिमलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–११ ले पाखा लगाउदै जित हासिल ग¥यो । नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष र महिला गरी २० टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोली सहभागी छन् । प्रतियोगिता यही पुस २० गतेसम्म सञ्चालन हुनेछ ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































