भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो ।

 

नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यबाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।

 

“ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पु¥याउने उद्देश्यले यो अभियान सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो,“अभियानअन्तर्गत वडास्तरसम्म पुगेर आँखा परीक्षण गरिनेछ । सामान्य समस्या भएका नागरिकलाई निःशुल्क चस्मा र औषधि वितरण गरिनेछ भने यहाँ उपचार सम्भव नहुने बिरामीलाई विराटनगर आँखा अस्पतालमा रेफर गरिनेछ ।”हाल सञ्चालनमा रहेको अभियानमार्फत सबै स्थानीय तहका ४० वर्षमाथिका नागरिक तथा सबै विद्यालयका बालबालिकाको आँखाको परीक्षण, खोजी र आवश्यक उपचार गरिने अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

 

भोजपुर आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङका अनुसार परीक्षणका क्रममा फेला परेका बिरामीलाई भौगोलिक पहुँचका आधारमा उपचारको व्यवस्था मिलाइएको छ । सदरमुकाम आसपासका नागरिकलाई भोजपुर आँखा तथा कान उपचार केन्द्र, दक्षिणी क्षेत्रका नागरिकलाई हतुवागढी, उत्तरी क्षेत्रका नागरिकलाई दिङ्ला र पूर्वी क्षेत्रका नागरिकलाई अरुण गाउँपालिकामा रहेको आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिनेछ । “अभियानअन्तर्गत आँखासम्बन्धी रोगको पहिचान, उपचारसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ,” प्रमुख तामाङले भन्नुभयो, “जिल्लाभित्र चारवटा आँखा उपचार केन्द्रलाई रेफरल सेन्टरका रूपमा तोकिएको छ । शल्यक्रिया आवश्यक परेमा पायक पर्ने स्थानमै शिविर आयोजना गरेर सेवा दिने लक्ष्य राखेका छौँ ।”

 

अभियानमार्फत शिक्षक, विद्यार्थी तथा स्वास्थ्य स्वयंसेविकालाई आँखाको रोग, रोकथाम तथा बच्ने उपायका विषयमा आवश्यक ज्ञान प्रदान गरिने लाहान आँखा तथा कान उपचार प्रणालीका कार्यक्रम संयोजक सुरक्षा पौडेलले जानकारी दिनुभयो ।  लक्षित वर्गको कार्यक्रम सम्पन्न भएपछि श्रमिक वर्गलाई पनि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । पूर्ण दृष्टिविहीन व्यक्तिहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक तालिम प्रदान गर्ने योजनासमेत रहेको छ ।

 

विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले आँखा उपचार सेवा घरदैलोमै पु¥याएर नागरिकलाई सहज सेवा दिने लक्ष्यसहित अभियानलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियानका क्रममा फेला परेका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार सेवा गरिनेछ । आर्थिक रूपमा अत्यन्तै कमजोर नागरिकका लागि आवश्यकताअनुसार उपचार स्थलसम्म पुग्ने यातायात व्यवस्थासमेत मिलाइने जनाएको छ ।

 

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगका सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

 

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पु¥याएको छ ।

 

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । राष्ट्रिय समाचार समिति(रासस)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ, यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।   कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दुरीमा सडक ग्राभेल र...

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने 

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थान व्यवस्थापन समिति आयोजना र कैलाली इभेन्ट  एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा माघी मेला सञ्चालन हुने भएको छ ।   हमार भेष भुषा हमार पहिचान, धर्म ओ साँस्कृती बचैना हमार अभियान भन्ने मूल नारा सहित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९