गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।

 

सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ ।
एक ३४ वर्षीया महिलाको दुईपटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा हुनुहुन्थ्यो । ‘अहिले त जसरी पनि बच्चा हुनैपर्छ’ भन्ने सोचले उहाँलाई निरन्तर सताइरहेको थियो । उमेर ढल्किँदै गएको, करिअरमा ढिलाइ हुने डर र गर्भावस्थापछि जागिर के हुन्छ भन्ने चिन्ताले उहाँमा एन्जाइटी बढायो । अहिले उहाँ परामर्शपश्चात् सामान्य अवस्थामा फर्किनुभएको छ ।

 

 

साथै अर्की २९ वर्षे महिलाको समस्या पनि उस्तै छ । उहाँले बच्चा जन्माइसकेपछि डिप्रेसनको सामना गर्नुभयो । आर्थिक अभाव, श्रीमान्को अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाहका कारण परिवारबाट अस्वीकृतिले उहाँको मानसिक अवस्था झन् कमजोर बनायो । पोस्टपार्टम अवधिमा उहाँलाई पटकपटक आत्महत्याका विचार आउन थाले । उपचार नपाएको भए अवस्था अझ खतरनाक हुन सक्थ्यो । अन्ततः उहाँमा एन्टी–डिप्रेसनको समस्या देखियो ।

 

 

२३ वर्षीया सुत्केरीमा भने फरक केही समस्या देखियो । बच्चाको हेरचाह गर्न मन नलाग्ने, कहिलेकाहीँ बच्चालाई क्षति पु¥याउने सोचसमेत आउने गरेको थियो । श्रीमान्ले ‘बच्चा नहेरेको’ भन्दै कुटपिटसमेत गर्थे । वैवाहिक सम्बन्ध नै धरमराउँदै गएको थियो । पोस्टपार्टम डिप्रेसनको अवस्थालाई श्रीमान्ले नबुझ्दा हिंसा थपिएको थियो । अहिले भने उहाँलाई औषधि र परामर्शले क्रमशः सुधार भइरहेको छ ।

 

 

 

एक कामकाजी महिलाले त बच्चा जन्मिएपछि जागिर नै छाड्नुप¥यो । बच्चा जन्मिएपछि उहाँ माइतीमै बस्नुभयो । घर फर्किएपछि सबै काम आफैँ गर्नुपर्ने, त्यसमाथि काम छोड्दाको नयाँ दैनिकीले उहाँलाई तनाब दिइरहेको थियो । त्यसकै कारण मानसिक अवस्था बिग्रिँदै गइरहेको थियो । उहाँ पोस्टपार्टम डिप्रेसन मात्र होइन, व्यक्तिगत तथा पारिवारिक डिस्फ्याक्टरबाट पनि गुज्रिराख्नुभएको थियो ।
माथिका चार घटना प्रतिनिधि मात्रै हुन् । यी घटनाले गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका मानसिक स्वास्थ्यको अवस्था देखाउँछन् । उदाहरणले गर्भावस्था र प्रसूति शारीरिक मात्र विषय होइन यो मातृत्वसँग जोडिएको मानसिक स्वास्थ्यको अनिवार्य हिस्सा हो भन्ने देखाउँछ ।

 

 

आमामा मानसिक स्वास्थ्य समस्या

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी बहस र पैरवी बढ्दै गए पनि गर्भावस्था र सुत्केरी अवस्थासँग जोडिएको मानसिक स्वास्थ्यबारे भने कमै मात्र चर्चा हुने गरेको छ । यस्तो अवस्थाको मानसिक स्वास्थ्य समस्याले गर्भमा रहेको भ्रुणको वृद्धि–विकासमा असर पार्न सक्छ ।

 

 

बच्चाको शारीरिक, बौद्धिक र भावनात्मक विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । समयमै पहिचान र उपचार नहुँदा यस्ता समस्याले साइकोसिस, आत्महानि, आत्महत्या तथा अन्य जटिल स्वास्थ्य समस्याको रूप लिन सक्ने विज्ञहरू बताउँछन् । यसले बच्चाको स्याहार–सुसारमा नकारात्मक असर पार्नुका साथै आमा–बच्चाबीचको आत्मीय सम्बन्ध विकासमा कठिनाइ सिर्जना गर्न सक्छ । दाम्पत्य जीवन र पारिवारिक सम्बन्धमा समेत समस्या देखिन सक्छ ।

 

 

धेरैमा गर्भावस्था र सुत्केरी अवस्थाका विभिन्न शारीरिक तथा सामाजिक परिवर्तनका कारण तनाव देखिन सक्छ, जुन केही हदसम्म सामान्य मानिन्छ । यदि यस्तो तनाव लामो समयसम्म निरन्तर रहन्छ र यसले शारीरिक स्वास्थ्य, दैनिक क्रियाकलाप, पारिवारिक तथा दाम्पत्य सम्बन्ध र कार्यस्थलमा समेत नकारात्मक असर पार्न थाल्छ भने त्यो गर्भवती वा सुत्केरी अवस्थासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याको संकेत हुनसक्छ ।

 

 

श्रीमान् तथा परिवारबाट आवश्यक साथ–सहयोग नपाउनु, सानै उमेरमा वा किशोरावस्थामै गर्भवती हुनु, अनियोजित वा अनिच्छित गर्भधारण, हाल वा विगतमा हिंसाबाट प्रभावित हुनु, आर्थिक अभाव, व्यक्तिगत वा पारिवारिक दुःखद् घटना भोग्नु, गर्भवती हुनुअघि नै मानसिक स्वास्थ्य समस्या हुनु, तथा अघिल्लो गर्भावस्थाको दुःखद वा डरलाग्दो अनुभव (गर्भपतन, नवजात शिशुको स्वास्थ्य समस्या, बच्चाको मृत्यु वा अन्य जटिलता) जस्ता कारणले गर्भवती तथा सुत्केरी अवस्थामा मानसिक समस्या निम्त्याउन सक्छन् ।
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको मानसिक स्वास्थ्य ओपिडीमा कार्यरत मनोचिकित्सक डा प्रतिष्ठा घिमिरेका अनुसार गर्भवती तथा सुत्केरी धेरै महिलामा एन्जाइटी र डिप्रेसनको समस्या देखिने गरेको छ । अस्पतालले २०८१ साल असोज २० गतेदेखि गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी सेवा सुरु गरेको छ । यो सेवा सरकारीस्तरमा यो अस्पतालमा मात्र उपलब्ध छ । ओपिडीमा दैनिक ६ देखि ७ जना परामर्शका लागि आउने गरेका छन् भने हरेक दिन १५ देखि २० जना सुत्केरी भइसकेका आमालाई मनोसामाजिक परामर्श दिने गरिएको छ ।

 

सेवाग्राहीसँग दैनिक कुरा गर्ने नर्स, मिडवाइफलाई यस्ता लक्षणबारे तालिम दिने, तनाव व्यवस्थापनका तालिम, रेफरल केशलाई काउन्सिलिङ र उपचार गर्ने, सघन कक्षमा बच्चा भएका आमाहरुको स्क्रिनिङ गर्ने काम अस्पतालले गर्दै आएको छ ।

 

 

गर्भावस्थामा तनाव र एन्जाइटीका केस देखिन्छन् भने डेलिभरीपछि एन्जाइटी र डिप्रेसनका केस ओपिडीमा बढी आउने गरेका छन् । डर लाग्ने, मन आत्तिने, छटपटी हुने, भविष्यप्रति नकरात्मक सोच आउने, बच्चालाई पेटमा केही पो भएको छ भन्ने डर लाग्ने, निद्रा नलाग्ने, जिउ भारी भएजस्तो हुने लक्षण लिएर आउने धेरै हुने डा घिमिरेका बताउनुहुन्छ ।

 

मनोविद्हरूका अनुसार ‘सो–कल्ड बेस्ट आमा’ बन्नैपर्छ भन्ने सामाजिक दबाब पनि महिलाले थेग्न नसक्दा मानसिक समस्या बढिरहेको छ । कतिपय अवस्थामा आत्महत्या गर्ने सोचसमेत आउने गरेको पाइएको छ । “धेरै महिलाले सहयोग माग्नै चाहँदैनन् । गाह्रो भए पनि भन्न सक्दैनन् । मानसिक समस्या व्यक्त गर्दा आफू खराब आमा ठहरिने हो कि, कर्तव्य पूरा गर्न नसकेको दोष लाग्ने हो कि भन्ने डरले उनीहरू अझ बढी तनावमा पर्ने गरेका छन्”, डा घिमिरे बताउनुहुन्छ ।

 

एन्जाइटीदेखि आत्महत्यासम्म

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब १० प्रतिशत गर्भवती र सुत्केरी भइसकेका १३ प्रतिशत महिला कुनै न कुनै मानसिक समस्याबाट प्रभावित हुन्छन् । विकासोन्मुख देशहरूमा यो अवस्था अझ गम्भीर छ । त्यहाँ गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत महिलामा मानसिक समस्या देखिन्छ ।

 

गम्भीर अवस्थामा आमाको पीडा अत्यन्तै बढ्न सक्ने भएकाले आत्महत्यासम्म गर्ने अवस्था पनि आउन सक्छ । यसका साथै, प्रभावित आमाले आफ्नो दैनिक भूमिका र जिम्मेवारी ठीकसँग निर्वाह गर्न सक्दैनन् । परिणामस्वरूप, बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्न सक्छ । तर गर्भावस्था तथा मातृत्वको अवस्थामा देखिने मानसिक समस्याको उपचार सम्भव छ ।

 

नेपालमा गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक समस्याबाट पीडित हुने दर उच्च देखिन्छ । डब्लुएचओकै तथ्याङ्कअनुसार गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत जसका कारण प्रजनन उमेरका महिलामध्ये आमाको आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ । यसैगरी जानीजानी आत्म–हानि (इन्टेन्सनल सेल्फ हार्म) आमासम्बन्धी कुल मृत्युको करिब ६ प्रतिशत हिस्सा ओगटेको छ ।

 

समस्या कसरी थाहा पाउने ?

यस विषयमा चर्चा र बहस पनि कम हुने गरेकाले नै जटिलता थपिएपछि मात्र महिलाहरु अस्पतालसम्म आइपुग्छन् । सुत्केरीपछि ३ महिनादेखि एक वर्षसम्म महिलाहरुमा मानसिक समस्या देखिन सक्छन् । लगनखेलस्थित मानसिक अस्पतालकी मानसिक रोग विशेषज्ञ डा तृष्णा विष्ट ९९ प्रतिशत महिला ‘पोस्टपार्टम ब्लुज’सँग गुज्रिने बताउनुहुन्छ । त्यो भनेको कहिले खुसी त कहिले दुःखी महसुस हुने, बिसन्चो, चिडचिडापन, ‘मुड स्वीङ’ भइराख्ने लक्षण हुन् । पोस्टपार्टम डिप्रेसन देखिन भने मध्यमदेखि जटिलताको अवस्थाबाट गुज्रनुपर्ने उहाँको भनाइ छ ।
“बच्चा र आफूलाई हानी पु¥याउन मन लाग्ने, अनौठो स्वभाव देखाउने, मनमा कुरा खेलाएर बस्ने, अनौठो खालको आभास हुने जटिल खालको लक्षण हुन सक्छन्,” डा विष्ट भन्नुहुन्छ । दुई हप्ताभन्दा बढी समयदेखि लक्षण महसुस भइरहेको छ भने सकेसम्म छिटो स्वास्थ्यकर्मीसँग भेट्नुपर्छ । धेरै चिन्तित हुने र सोचिरहने, पहिले रमाइलो लाग्ने कुरामा चाख नलाग्ने, निराशा, बेसहारा र मूल्यहिन महसुस हुने, डर लाग्ने, आत्तिने र छटपटी हुने यसका लक्षण हुन् । निद्रामा गडबडी आउने, खान मन नलाग्ने, जीवनमा आउने सामान्य तनावको पनि सामना गर्न नसक्ने, कुनै पनि प्रतिकुल अवस्थाका लागि आफैँलाई दोषी देख्ने, रुन मन लाग्ने वा रोइरहने, निरन्तर थकित महसुस हुने, बच्चालाई वा आफैँलाई हानि गर्ने सोच आउने, घरका र कार्यस्थलका नियमित क्रियाकलाप गर्न गाह्रो हुने भएमा स्वास्थ्यकर्मीलाई भेटिहाल्नुपर्ने उहाँको सुझाव छ ।

 

उदासीनता तथा एन्जाइटीको समस्या गर्भवती तथा सुत्केरी अवस्थामा धेरै महिलामा देखिन्छ । समयमै पहिचान भएमा यस्ता समस्याको व्यवस्थापन र उपचार गर्न सकिन्छ । समयमै व्यवस्थापन गरिएमा यी समस्याले आमा र बच्चाको दुवैको स्वास्थ्य र वृद्धि विकासमा हानि पु¥याउन सक्छन् ।

 

मानसिक तथा शारीरिक परिवर्तनले स्वभाविक रुपमै महिलालाई पहिलेभन्दा गाह्रो बनाइराखेको हुन्छ । बच्चापछि मानसिक समस्या देखिनुमा त्यसअघि उसको स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्ने बताउनुहुन्छ डा विष्ट । भन्नुहुन्छ, “आत्तिराख्ने, तनाव लिइराख्ने, समाधान गर्न नसक्ने खालको स्वभाव थियो कि ? उसको आचरण र स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्छ ।” सामाजिक, आर्थिक अवस्थासँगै श्रीमान्–श्रीमतीको सम्बन्धले पनि मानसिक स्वास्थ्यमा देखिन सक्ने सम्भावनालाई बढावा दिन्छ ।

 

श्रीमान् र परिवारको साथ

महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रुपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरु कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने जानकार बताउँछन् ।
डा घिमिरे भन्नुहुन्छ, “अप्ठ्यारो भएको बेला कुरा बुझिदिने र सुनिदिनुपर्छ । नयाँ जिम्मेवारी थपिँदा आमाको दैनिकी फेरिएको हुन्छ । आमालाई सुत्न र आराम गर्न दिनुपर्छ । बच्चासँगै आमाको पनि ख्याल राख्नुपर्छ । साथै गर्भवती तथा सुत्केरी महिलाले पनि सहयोग माग्न सिक्नुपर्छ ।”

 

नियमित तालिकामा बाँधिनुपर्दा सकस महसुस हुनसक्ने भएकाले आफूलाई अरु क्रियाकलापमा पनि लगाउनुपर्ने उहाँ बताउनुहुन्छ । “बाहिर हिँडडूल गर्ने, पोषिला खानेकुरा खाने, ध्यान र योग गर्ने गर्नुपर्छ । हर्मोन परिवर्तन भइराखेको हुन्छ । कति कुरा सामान्य लक्षण हुन सक्छन् त्यो म आफैले समाना गर्न सक्छु भनेर अठोट लिनुपर्छ । आफूमा आएको परिवर्तनलाई कसरी आत्मसाथ गर्न सक्नुपर्छ भनेर बुझ्नुपर्ने हन्छ,” उहाँको भनाइ छ ।

 

विज्ञका अनुसार परिवारका सदस्य र विशेषगरी श्रीमान्को साथ भएमा महिलालाई त्यस्ता समस्याबाट जुध्न सजिलो हुन्छ । कामकाजी महिलाले विशेषगरी धेरै कुरामा सम्झौता गर्नुपरेको हुन्छ । पहिले संयुक्त परिवारमा बस्दा बा÷आमाले बच्चा हेरिदिन्थे, जसले गर्दा दम्पतीलाई सहज बनाउँथ्यो । डा विष्ट भन्नुहुन्छ, “हामीले महिलामा मात्र बच्चापछि मानसिक समस्याबाट गुज्रिनुपरेको भन्छौँ तर पुरुषहरुले पनि भोगिरहेका हुन्छन् । दुवैको निद्रा डिस्टर्ब हुन्छ, अनि खानपिन र सम्पूर्ण दैनिकीमा नै परिवर्तन आएको हुन्छ ।”

 

अभिभावकीय भूमिकामा महिलाले मात्र सम्झौता गरेका हुँदैनन्, पुरुषले पनि त्यो जिम्मेवारी निभाइरहेका हुन्छन् । महिलाले साथ नदिएको खण्डमा त्यहाँ पुरुष पनि समस्यामा पर्न सक्छन् । यो अवस्थामा दुवैले एकअर्कालाई साथ दिनुपर्छ । “यथार्थपरक लक्ष्य राख्नुस्,” डा तृष्णा विष्ट सुझाउनुहुन्छ, “जीवनमा सबै कुरा प्राप्त हुन्छ भन्ने पनि हुँदैन । केही न केही सम्झौता गर्नेपर्ने हुन्छ । आफूलाई पनि समय दिने प्रयास गर्नुस् । जुन क्षण छ त्यसमा रमाउन सिक्नुस् । मलाई यो समस्या भयो भनेर भन्न सिक्नुस् ।”

 

पहिला त गर्भावस्थामा मुख्य आकर्षण महिला हुन्छिन् । सबैको सोधीखोजीको विषय हुन्छ । बच्चा भएपछि सबै ध्यान बच्चामै जान्छ, जसले गर्दा आमालाई एक्लो महसुस हुन सक्छ । यस्तो समस्या पनि धेरै महिलामा देखिएको छ । डा विष्टको भन्नुहुन्छ, “तपाईँ मानसिक रुपमा तयार नहुँदासम्म बच्चा नजन्माउनुस् । समाजको प्रभाव र दबाबमा नआउनुस् ।”

 

डा घिमिरेका अनुसार गर्भावस्था र त्यसपछिका दिनमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छ भन्ने विषयमा अझै पर्याप्त जनचेतना छैन । “मानसिक स्वास्थ्य आफैंमा प्राथमिकतामा पर्दैन, त्यसमाथि गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्यको त झनै बेवास्ता हुन्छ । यसलाई सामान्य ठानेर गम्भीर रूपमा नलिँदा दुर्घटना हुनसक्छ,” उहाँ भन्नुहुन्छ ।

 

 

डा घिमिरे तनाब व्यवस्थापनका तरिका, खानपानमा ध्यान दिने, सन्तुलित भोजन र पोषिलो खाने, शारीरिक रुपमा सक्रिय हुने, आफ्ना कुरा विश्वासिलो व्यक्तिलाई सेयर गर्ने, सोसलाइज हुने, एकोहोरो नहुने, आइसोलेटेड नहुने गर्दा यी समस्या नआउन सक्ने बताउनुहुन्छ ।

 

 

स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी छ । मानसिक स्वास्थ्यप्रति समाजमा रहेको नकारात्मक धारणा तथा मानवीय र भौतिक स्रोतसाधनको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्या लामो समयदेखि ओझेलमा पर्दै आएको देखिन्छ ।
कसरी समाधान गर्न सकिन्छ ?
–बच्चा हेर्न र घरका कामकाजमा श्रीमान् तथा परिवारका सदस्यको सहयोग लिनुहोस् ।
–पर्याप्त आराम र निन्द्रा सुनिश्चित गर्नुहोस् ।
–नियमित रुपमा आफ्नो सरसफाइ गर्नुहोस्, पोषिलो र सन्तुलित खानुहोस् ।
–मिल्ने व्यक्ति र अरु गर्भवती, सुत्केरीसँग आफ्ना भावना व्यक्त गर्नुहोस् ।
–आशावादी रहनुहोस् ।
–विगतका खुशीका क्षणका सम्झना गर्दै हौसला लिनुहोस् ।
–मोबाइल, टिभी, कम्प्युटरलगायत, सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् ।
–गलत सूचनामा विश्वास नगर्नुहोस् र आफूलाई चाहिने जानकारी आधिकारिक स्रोतबाट लिनुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ । आज बिहान १०ः०० बजे सम्म ६७ हजार ७८८ मत गणना हुँदा रास्वपाले ३८ हजार ३११ मत प्राप्त गरेको छ ।     समानुपातिकमा नेपाली कांग्रेसले ११ हजार ४५६, नेपाल कम्युनिष्ट पार्टी...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९