डोटी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला बडिकेदार गाउँपालिका वडा नम्बर ३ देउथान चाग घर भई हाल नेपालमै उपचाररत चम्फी भूल विगत लामो समयदेखि पित्त र किड्नीमा स्टोन (पथरी)को समस्याका कारण जीवन–मरणको लडाइँ लडिरहेकी छन्।
चम्फी भूलको दयनीय स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त भएपछि रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरूले मानवीय संवेदनाको परिचय दिँदै आर्थिक सहयोग पठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली सम्पर्क मञ्च भारत, महाराष्ट्र राज्य समिति अन्तर्गत रत्नागिरी नगर समितिले नेपालमै बिरामी रहेकी चम्फी भूलको उपचारका लागि सानो तर महत्वपूर्ण आर्थिक सहयोग गरेको हो।
नगर समिति तथा सदस्यहरूले “जहाँ दुःख पर्छ, त्यहाँ सहयोग गर्नुपर्छ” भन्ने भावनाका साथ आफ्नै खाजा खर्च कटाएर ४५ हजार २ सय ८० रुपैयाँ संकलन गरी नेपाल पठाएका हुन्।
उक्त सहयोगमा हातेमालो गर्नेहरूमा अर्जुन विश्वकर्मा (महाराष्ट्र राज्य सह–कोषाध्यक्ष), बिमल शर्मा (नगर इन्चार्ज), सुरेश बिसी (नगर अध्यक्ष), हिरा भुसाल (महिला प्रमुख, रत्नागिरी नगर), तपेन्द्र बिक (सचिव), दीपक शाही (प्रमुख, क्युआरटी विभाग), रमेश थापा (सहप्रवक्ता), प्रताप नेपाली (उपाध्यक्ष) तथा नगर समिति सदस्यहरू नरेन्द्र मल्ल, पार्वती नेपाली, आरती नेपाली, महेश वड, कमल मिजार, राजु सार्की, उर्मिला न्यौपाने, कल्पना कँडेल, देवबहादुर पुन मगर, बीरबहादुर रोक्का मगर, धनबहादुर भूल, सुरेश सिजाली मगर, अनिल पनाडी, मनोज मिजार, रामबहादुर भूल, हर्कबहादुर भूल, दिलबहादुर पनाडी, दिनेश परियार, रमेश मिजार लगायत रहेका छन्।
भारतमा रहेर पनि नेपालका पीडित नागरिकहरूको दुःखमा साथ दिँदै आएको यस समितिले भविष्यमा पनि जहाँ–जहाँ नेपालीहरू समस्या, दुःख र पीडामा पर्छन्, त्यहाँ सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।
सहयोगको विषयमा नगर इन्चार्ज बिमल शर्माले वैज्ञानिक मिडियालाई जानकारी दिनुभएको छ।




























































































































































