मेला–महोत्सवको लहरः आर्थिक गतिविधिमा टेवा

गण्डकी,  हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् । मेला–महोत्सवको आयोजनाबाट आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ ।

 

यही पुस ३ देखि १४ गतेसम्म चलेको २१औँ संस्करणको लेखनाथ महोत्सवमा रु ११ करोड २० लाख बराबरको कारोबार भएको आयोजकको दाबी छ । आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घका अनुसार तीन लाख ३५ हजार दर्शकले महोत्सव अवलोकन गरे । पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित लेखनाथ महोत्सवलाई यस क्षेत्रकै ठूलो महोत्सवका रुपमा लिइन्छ ।

 

आठौँ संस्करणको बागलुङ महोत्सव मङ्गलबार सकियो । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा झण्डै रु आठ करोडको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । कला, संस्कृतिको संरक्षणसँगै पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याएको उहाँले बताउनुभयो । महोत्सवस्थलमा २०० बढी व्यावसायिक कक्ष राखिएका थिए ।

 

“मेड इन बागलुङका रुपमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष छुट्टै राखिएको थियो”, अध्यक्ष शाक्यले भन्नुभयो, “समग्र रुपमा महोत्सव सफल भयो, महोत्सवका बेला आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायीहरुको मनोबल बढेको छ ।” मेला–महोत्सव मनोरञ्जनस्थल मात्र नभएर पर्यटन र व्यवसाय प्रवद्र्धन गर्ने माध्यम पनि रहेको उहाँको भनाइ छ ।

 

आठौँ पर्वत महोत्सव यही पुस ९ देखि १९ गतेसम्म चल्यो । आर्थिक विकास र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आयोजित उक्त महोत्सवमा रु पाँच करोड बढीको कारोबार भएको आयोजक पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा १५० भन्दा बढी व्यावसायिक कक्ष राखिएको थियो । विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकको सङ्ख्या बढ्दा किनमेल पनि बढेको महोत्सवका मूल संयोजक ठाकुर वि पौडेलले बताउनुभयो ।

 

बाहौँँ गोरखा महोत्सव पनि अहिले जारी छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १४ गते सुरु भएको महोत्सव पुस २८ गतेसम्म चल्नेछ । पर्यटकीय राजधानी पोखरामा १४औँ संस्करणको पोखरा महोत्सव यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म आयोजना हुने भएको छ । आयोजक युनाइटेट क्लब, पोखराका अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो । उक्त महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटोलगायत गरी दुई सय ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।

 

महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको क्लबले जनाएको छ । क्लबले महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत काममा खर्च गर्दै आएको छ । आगामी माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव आयोजना हुँदैछ । लमजुङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सवमा २२५ व्यावसायिक कक्ष रहने जनाइएको छ । एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिइएको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

 

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को छेकोमा यस वर्ष पनि पोखरामा सडक महोत्सव आयोजना गरियो । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित २७औँ संस्करणको सडक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको ‘रेवान’ पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । त्यसअघि पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन गरिएको थियो ।

 

चाडपर्वका मौकामा आयोजना गरिने स–साना मेला–उत्सवले पनि गाउँघरमा उस्तै रौनक थप्ने गरेका छन् । माघेसङ्क्रान्ति पारेर म्याग्दीको बेनी बजार, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुलगायतका क्षेत्रमा मेलाको आयोजना गरिँदैछ । यी मेला इतिहास र परम्परासँग जोडिएका छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको उद्देश्यसहित मेला–महोत्सवको आयोजना हुने गरेका छन् ।

 

एकैठाउँमा वस्तु तथा सेवाको किनमेल हुने हुँदा महोत्सवले क्रेता र विक्रेता दुवैका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सदस्य नरेश कँडेलले बताउनुभयो । “मेला–महोत्सव भइरहनुपर्छ, यसले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “हरेक जिल्लाको आर्थिक विकासको सम्भावना र अवसरको खोजीका लागि पनि यस्ता महोत्सव आयोजना हुनु आवश्यक छ ।” राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित

मोरङ,  मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९