चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन पनि घट्यो

मुस्ताङ,  हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।

 

 

हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै उडान स्थगित भइसकेको छ । राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवार सवारीसाधनको चाप निकै न्यून भइरहेको छ ।

 

 

माथिल्लो मुस्ताङमा गत कात्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन । तर, यहाँ हिउँदयामसँगै अत्यधिक चिसो र उत्तरी हावाहुरीको प्रभावले जनजिवन प्रभावित बनेको छ । पुस लागेसँगै यतिबेला बिहान र बेलुकीका समयमा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिगी सेल्सियस र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

 

 

यहाँ हिउँदयामको उन्मादको उत्तरी हावाहुरीको प्रभावका कारण स्थानीय नागरिक सहजै घर बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन । यहाँ मध्याह्नपख मौसम खुलेर घाम लागे पनि उत्तरी हावाहुरीसँगै चिसो सिरेटो चल्न थालेपछि दैनिक जनजीवनका असर परेको छ ।
अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङका लोमान्थाङका होटल र स्थानीयका घर पुरै बन्द छन् । त्यहाँका नागरिक घरमा ताल्चा मारेर जाडो छल्न बेँसी झरिसकेकाले माथिल्लो मुस्ताङ पूरै सुनसान बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । यहाँस्थित मुक्तिनाथका होटल खुले पनि पर्यटकीय चहलपहल देखिँदैन ।

 

होटल र घरका स्थानीय नागरिक पर्यटकीय अफसिजन भएकाले आलोपालो गरेर बेँसी झर्ने गरेका छन् भने आंशिक जनशक्तिले होटल खोलेर बसेका छन् । बर्खायाममा खचाखच पर्यटकले भरिने यहाँका अधिकांश होटलले अफसिजनका कारण खाली भएका छन् । हिउँदयामको पुस र माघ महिना अधिकांश मुस्ताङवासी जाडो छल्न बेँसी झर्छन् । माथिल्लो मुस्ताङका नागरिक भने कात्तिक नलाग्दै जाडो छल्न बेँसी झर्ने र वैशाख लागेपछि मात्रै माथि उक्लिन्छन् ।

 

 

हिउँदयाम अत्यधिक चिसोसँगै माथिल्लो मुस्ताङमा खोला, शाखा नदी, घरका धारा, सिँचाइ कुलो र घरका सेफ्टी ट्याङकी जमेर बरफ बनेपछि त्यहाँका स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ । जाडो छल्न बेँसी नझरी गाउँ कुरेर बसेका स्थानीय नागरिकको स्वास्थ्यमा चिसोले असर पु¥याउने गरेको छ । तल्लो मुस्ताङमा स्थानीय किसान अत्यधिक चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा लागेका छन् ।
हिउँदयाम लागेसँगै यहाँ पर्यटकीय चहलपहल ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मङ्सिरको तुलनामा पुसमा विदेशी पर्यटक बढे पनि स्वदेशी पर्यटकको सङ्ख्या घटेको छ । मङ्सिरको तुलनामा पुसमा २४ हजार १० अर्थात् ५६ दशमलव ६६ प्रतिशतले स्वदेशी पर्यटकको आगमन घटेको छ ।

 

 

यस वर्षको मङ्सिरमाभन्दा पुसमा विदेशी पर्यटकको आगमन सङ्ख्या पाँच हजार ५५९ अर्थात् ५४ प्रतिशतले वृद्धि भएको छ । प्रहरी स्रोतका अनुसार बेनी–जोमसोम सडकमार्ग हुँदै अझै पनि दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको जनाइएको छ । पर्यटकीय याम जस्तो चहलपहल नभए पनि आंशिक रुपमा पर्यटक चिसोयाममा पनि आउने गरेको पाइएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

 

जिल्ला प्रहरी कार्यालयको पर्यटकीय अभिलेखअनुसार गत आवको साउनदेखि पुससम्म पर्यटकीय आगमनको तुलना गर्दा चालु आवको साउनदेखि पुस २१ गतेसम्म  १० दशमलव शून्य पाँच प्रतिशतले पर्यटक आगमन घटेको देखिन्छ । गत आवको सुरुआती छ महिनामा तीन लाख १२ हजार ४७१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । चालु आवको पुस २१ गतेसम्म हिमाली दुई लाख ८० हजार ९२९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।
 

चालु आवको साउनदेखि पुस २१ गतेसम्म दुई लाख २१ हजार ६५३ आन्तरिक र ६० हजार ३४७ बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । चालु आवको साउनमा एघार हजार ८३१, भदौमा १३ हजार ५५०, असोजमा ६५ हजार ७४०, कात्तिकमा ७९ हजार ८००, मङ्सिरमा ४२ हजार ३७१ र पुस २१ सम्ममा १८ हजार ३६१ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । यसैगरी, साउनमा सात हजार ९५०, भदौमा नौ हजार ६५५, असोजमा नौ हजार ८५९, कात्तिकमा १३ हजार ९६६, मङ्सिरमा छ हजार ६७९ र पुस २१ गतेसम्म १२ हजार २३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक...

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली (नुवाकोट),  नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते हुनुभएको छ ।स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उहाँको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९