सरल छविका थिए प्रशान्त

काठमाडौँ, प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको एउटा नाम हो । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । आइतबार ४२ वर्षको उमेरमा ‘कार्डियक अरेष्ट’ कारण उहाँले संसार छाड्नुभयो । आइतबार बिहानीकै समयमा उहाँबारे सुनिएको यो खबरमा दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी निशब्द छन् ।

 

नेपाली भाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता पाउँछ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको थियो गायक तामाङ । उहाँ विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपाली भाषीले सहभागिता जनाउने र विजेता बन्ने क्रमले अहिलेसम्म निरन्तरता पाएको छ । ‘इण्डियन आइडल’ को अन्तिम १२ मा परेपछि उहाँको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो ।

 

गायक तामाङ उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी जोडिनुभयो । नेपाली भाषीले त्यो समयमा पाएको त्यो ठूलो सफलता रहेकाले दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङमा गएर कार्यक्रम गर्यौ, हाम्रो उदेश्य प्रशान्तलाई विजेता बनाउनु थियो, हामीले त्यहाँ कार्यक्रम गर्ने र सो रकम मत दिन खर्च गर्न थाल्यौं ।” उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेविड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत त्यहाँ पुग्नुभएको थियो । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईसहित सहभागी हुनुभयो ।

 

“हामीले उदयीमान कलाकारलाई लगेर कार्यक्रम गरेर सहयोग जुटाउने गरेका थियौँ, त्यसको चर्चा नेपालसँगै विश्वभरका नेपाली माझ भयो, त्यसपछि अभियान कै रुपमा त्यो अगाडि बढ्यो”, निर्माता घतानीले भन्नुभयो । उहाँले गायक तामाङलाई अन्तिम तीनमा परेपछि घर आएको समयमा भेट्नुभएको थियो । अन्तिम तीनलाई गृह जिल्लामा लैजाने ढाँचा उक्त कार्यक्रमको थियो । सोहीअनुसार घर आउँदा गायक तामाङ र निर्माता घतानीको भेटघाट भयो । त्यो सामीप्यता विस्तारै बढ्दै गयो र दाजुभाइको सम्बन्धमा परिणत भयो ।

 

“उहाँ (प्रशान्त) विजेता भएपछि मैले केही राखेको थिएँ, निकै सरल र शान्त स्वभाव थियो, हामी विस्तारै यति नजिक भयौ की पारिवारिक कुराहरू हुन् थाल्यो, उहाँ एक असल र इमान्दार मान्छे, उहाँका बारेमा व्यक्त गर्ने शब्द नै छैनन्”, निर्माता घतानीले भन्नुभयो, “उहाँ नेपाली चलचित्रसँग ‘हिम्मत–२’ मार्फत जोडिनुभयो, दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीतमा गायक तामाङको स्वर राख्नुभएको थियो, भारत गएर स्वर रेकर्ड गरेपछि निर्देशक श्रेष्ठले गायक तामाङको निकै तारिफ गर्नुभयो ।”

 

उहाँका अनुसार विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनुपर्छ भनेर पहिलो पटक पाश्र्व गायनमा ल्याएको हो । “उहाँको सरलता देखेर म छक्क पाएको थिएँ, विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भूत थियो, उहाँमा इण्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन, निकै सरल मान्छे”, निर्देशक श्रेष्ठले भन्नुभयो ।

 

पाश्र्वगायकको रूपमा चलचित्रसँग जोडिएपछि गायक तामाङले अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ बाट सुरुआत गर्नुभयो । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाउनुभएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो ।

 

त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गर्नुभएको छ । गएको ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो । अभिनय सुरुआत गरेदेखि उहाँले आफूलाई गायकभन्दा पनि अभिनेताको रुपमा अगाडि बढाउनुभयो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा भयो ।

 

त्यसपछि उहाँले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्नुभयो । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र विसं २०८३ को वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा हुनुहुन्थ्यो ।

 

उहाँ दिल्लीस्थित घरमा आराम गरिरहनुभएको थियो, जहाँ उहाँले अन्तिम सास लिनुभयो । कोभिड–१९ का कारण आफ्नो आमा गुमाएपछि उहाँ परिवारलाई धेरै समय दिनु हुन्थ्यो । निर्माता घतानीका अनुसार उहाँकी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर नै समय बिताउने गर्नुहुन्थ्यो । श्रीमती एयरहोस्टेस भएका कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि गायक तामाङकै थियो ।

 

“आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन, कार्यक्रमकै प्रस्ताव आउँदा श्रीमती काममा छिन् र बिदा मिलेको छैन भनेर अस्वीकार गर्ने गर्नुहुथ्यो, छोरीमा उहाँले आमाको प्रतिबिम्व देख्ने गरेको बताउनुहुन्थ्यो”, निर्माता घतानीले भन्नुभयो ।

 

कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी हुनुहुन्थ्यो । आफ्नो आमाको अन्त्येष्टिमा सहभागी हुन् नपाएको पीडा उहाँको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उहाँको स्वभाव थियो । उहाँले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका गर्नुभएको थियो । सन् २०२२ मा उहाँको छोरीको जन्म भएको थियो ।

 

उहाँको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटीए सरकारले आज नयाँ दिल्लीबाट गायक तामाङको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरीक्षणको काम चलिरहेको जानकारी निर्माता घतानीले दिनुभयो । निर्माता घतानीका अनुसार गायक तामाङका बुबाआमाको निधन भइसकेकाले उहाँकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।   थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर,  पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

खोटाङ, २८ पुसः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।   विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९