काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।

 

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ ।”थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ । माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

 

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ ।

 

थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो । ‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष (स्टल) रहने छन् । खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डुु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ ।

 

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ । २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।   थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर,  पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

खोटाङ, २८ पुसः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।   विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९