त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।

 

विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

 

आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ ।“स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ । यसबाट मासिक रु पाँच करोड हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ । हालसम्म अस्पतालको बिमा दाबी रकम करिब रु ४० करोड भुक्तानी बाँकी छ” अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनु’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गर्नुभयो ।

 

नसर्ने रोग रोकथाम गर्न प्राथमिकता दिनुपर्छः स्वास्थ्यमन्त्री डा गौतम

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यसको उपचार लागतले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको बताउनुभयो ।

 

“सरकारको खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचारमा खर्च गर्दै आएको देखिन्छ । धेरैजसो खर्च रोकथामको सट्टा उपचारमा निर्देशित छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगको उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । क्यान्सर र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौँ रुपैयाँ खर्च गरिन्छ । जबकी रोकथाम कार्यक्रम कमजोर रूपमा सञ्चालन भएका छन् ।”

 

मन्त्री डा गौतमले नसर्ने रोग रोकथाम गर्न जीनवशैली र खानपिनमा जोड दिनुपर्ने बताउँदै यसबाट दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवा उपलब्ध भए पनि ग्रामीण र गरिब नागरिक उपचारबाट बञ्चित भइरहेका बताउनुभयो ।

 

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका अनुमान गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखापरेको बताउनुभयो । उहाँले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यान जस्ता रोकथामका उपायलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्‍याइरहेको जानकारी दिनुभयो ।

 

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोग रोकथाम गरी नागरिकलाई स्वास्थ्यसुरक्षा प्रदान गर्न सरकारले प्रभावकारी संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

नसर्ने रोग (एनसिडी) एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक पर्ने धारणा राख्नुभयो । कार्यक्रममा भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्हरू सहभागी छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।   थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर,  पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

खोटाङ, २८ पुसः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।   विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९