गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा (सर्लाही),  गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ ।

 

 

हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताउनुभयो । उहाँको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि देखिएको छ । महतोले यस वर्ष तीन बिघा खेतमा गोलभेँडा रोप्नुभएको थियो । “१२ कट्ठाको गोलभेँडा सिजनको सुरु असोजबाटै निस्कन सुरु भयो”, उहाँले भन्नुभयो, “अहिलेसम्म पनि बेचिरहेको छु ।” यस वर्ष गोलभेँडा क्रेटको रु एक हजार ७०० देखि दुई हजार ७०० सम्ममा बेचेको उहाँले सुनाउनुभयो । अहिलेसम्म १२ कट्ठा खेतबाट महतोले रु आठ लाख बढीको गोलभेँडा बिक्री गरिसक्नुभएको छ ।

 

अझै एक डेढ लाखको बिक्री हुने उहाँको अनुमान छ । विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएका उहाँले गत वर्ष भने गोलभेँडामा लगानीसमेत डुबेको बताउनुभयो । अरुको जग्गा भाडामा लिएर लगाएको पाँच बिघा गोलभेँडा टिप्ने पैसासमेत नआएपछि खेतमै ट्र्याक्टर लगाएको उहाँको भनाइ छ । त्यसको डरले यस वर्ष उहाँले खेती घटाएर तीन बिघामा मात्र गोलभेँडा लगाउनुभएको रहेछ ।

 

 

यस वर्षजस्तो गोलभेँडाको भाउ उहाँलाई थाहा भएअनुसार कहिले पाएको थिएन । यस वर्ष गोलभेँडाले पाएको मूल्य ऐतिहासिक रहेको किसानको भनाइ छ । गत वर्ष गोलभेँडाखेतीबाट लागेको झण्डै रु १० लाख ऋण यस वर्षको आम्दानीले लगभग तिरेको उहाँले सुनाउनुभयो । “धेरै ऋण तिरिसकेँ, अब थोरै बाँकी छ । अझै गोलभेँडा बेच्न बाँकी छ । यस वर्ष ऋण पूरै तिरिन्छ होला”, महतोले भन्नुभयो ।

 

 

गत वर्ष गोलभेँडाको मूल्य नपाएपछि खेतीबाट पछि हटेका धेरै किसान यतिबेला निकै पछुतो मानिरहेका छन्भने गत सिजनको घाटा बिर्सिएर गोलभेँडा रोप्ने अधिकांश किसान निकै खुसी छन् । गत वर्ष सुरुमा निकालेको बाहेक गोलभेँडाले मूल्य नपाउँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यही डरले यसपटक धेरै किसानले गोलभेँडा रोप्ने आँट गरेनन् ।

 

 

जसले गर्दा बजारमा गोलभेँडाको मागअनुसार उत्पादन नभएको स्थानीय व्यापारी विनोद खड्का बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष परेको बेमौसमी वर्षा र गत वर्ष मूल्यमा आएको गिरावटका कारण मूल्यवृद्धिमा सहयोग पुगेको हो । “बेमौसमी वर्षाले नेपाल र भारत दुवैतर्फ गोलभेँडाखेतीमा क्षति पुगेको छ । त्यसले गर्दा बजारमा आपूर्ति कम र माग बढी भएपछि मूल्य बढ्नु सामान्य नियम हो”, उहाँले भन्नुभयो ।

 

यस वर्ष गोलभेँडाले राम्रो मूल्य पाउनु दोस्रो कारण भारतीय गोलभेँडा नेपाली बजार भित्रिन नपाउनु पनि रहेको व्यवसायीको भनाइ छ । विगत वर्षहरूमा यसबेला नेपाली बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती हुने गरेको थियो । तर, यस वर्ष वर्षात्का कारण खेतीमै क्षति पुगेपछि उतै मागअनुसारको आपूर्ति छैन । त्यसले गर्दा भारतमै गोलभेँडा महँगो भएको व्यवसायी खड्काको भनाइ छ ।

 

 

यस घटनाले नेपालको उत्पादनले उपयुक्त मूल्य पाउन भारतीय उत्पादन खुला रूपमा नेपाल भित्रिने परिपाटी बन्द हुनुपर्ने स्पष्ट भएको धेरै किसानको धारणा छ । गोलभेँडामात्र नभई यस क्षेत्रमा उत्पादन भएका हरेक हरियो तरकारीले समेत यस वर्ष ऐतिहासिक मूल्य पाएको छ । यस वर्ष भान्टा प्रतिकट्ठा रु एक लाख बढीको बिक्री गरेको स्थानीय किसान धनबहादुर तामाङले सुनाउनुभयो ।

 

“पाँच कट्ठामा लगाएको भान्टा अहिलेसम्म रु पाँच लाख ३३ हजारको बेचिसकेँ”, उहाँले भन्नुभयो । भान्टा निस्किन सुरु भएदेखि अहिलेसम्म तामाङले रु ७० देखि १२० प्रतिकेजी मूल्य पाइरहनुभएको छ । भान्टाको मूल्य पनि यसपटक निकै लामो समय एकैनास रहेको थियो । सँगै लगाएका छिमेकीको भान्टाको बोट बेमौसमी वर्षाले मरेको तर, आफूले निकै मिहिनेत गरेर जोगाएको बोटबाट राम्रो उत्पादन भएको उहाँको भनाइ छ ।

 

हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार विगतमा पनि गोलभेँडाको मूल्य सुरुमा राम्रो रहने गरेको थियो । सिजनको सुरुमा चार हजार क्रेटसम्म किसानले लिने गरेका उहाँको अनुभव छ । तर, हप्ता दिन नबित्दै चार सय क्रेटमा झर्ने गरेको थियो । “सिजनको तेस्रो हप्ताबाट मुस्किलले रु तीन सयदेखि चार सय प्रतिक्रेट किसानले पाउने गरेका थिए । तर, यसपटक त्यसो भएन”, उहाँले भन्नुभयो ।

 

 

यसपटक किसानले चार महिनासम्म एकैनासको मूल्यमा गोलभेँडा बेच्न पाएका छन् । अझै केही समय गोलभेँडाको मूल्य यस्तै रहने उहाँको अनुमान छ । आफूले विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएको बताउने खरेलले यतिको राम्रो मूल्य अहिलेसम्म आफूलाई थाहा नभएको बताउनुभयो । गत वर्ष ऋणमा डुबेका गोलभेँडा किसानले यस सिजन खेतबारी जोड्ने हैसियत बनाएका उहाँको दाबी छ । सिजनको सुरुमा र अन्तिममा दुईपटक भाउ पाउँदै आएको गोलभेँडाका लागि यस सिजन स्वर्ण वर्षका रूपमा र आएको उहाँले सुनाउनुभयो ।

 

 

हरिवन नगरपालिका–१ का जितेन्द्र महतोले पनि गत वर्ष गोलभेँडा खेतीबाट ऋण बोक्नुपरेको थियो । तर यस वर्ष सबै ऋण तिर्ने उहाँको योजना छ । तीन बिघा खेतमा गोलभेँडा लगाउनुभएका उहाँले रु सात लाखबराबरको गोलभेँडा बजार पुर्याइसक्नुभएको छ । गोलभेँडाको मूल्य स्थिर रहने मेसो पाएपछि उहाँले अन्य किसानको गोलभेँडा खेतसमेत हुण्डामा किनेर गोलभेँडा बजार पुर्याइरहेको बताउनुभयो ।

 

 

जिल्लाको उत्तरी क्षेत्र सिँचाइको हिसाबले असुविधा भएका कारण यहाँका किसान तरकारीखेतीमा निर्भर छन् । यहाँ सिँचाइको एकमात्र विकल्प डिपबोरिङ हो । त्यसैले कम सिँचाइले हुने खेती गोलभेँडा, परवल, बोडी, सिमी, काक्रो, करेला, काउली, भान्टा, बन्दा, भिण्डी, खोर्सानीलगायत हरिया तरकारी यहाँ धेरै मात्रामा उत्पादन हुने गरेको छभने यहाँ उत्पादित तरकारी हरेक दिन लालबन्दीस्थित कृषि थोक बजारमा सङ्कलन गरेर व्यापारीले देशका प्रमुख सहरसम्म पुर्याउने गरेका छन् ।

 

 

काठमाडौँ, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत सहरबाट व्यापारी तरकारी लिन सर्लाहीको लालबन्दीसम्म आइपुग्ने गरेका कृषि थोक बजार लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।   कार्यक्रममा जीवन विज्ञानका...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

कञ्चनपुर, माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।   ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष...

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

भद्रपुर (झापा),  जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९