सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा, चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।

 

पानीमा देखिने दृश्य, चारैतिर फैलिएको हरियाली वन र तालमा डुङ्गा चढेर रमाइरहेका आन्तरिक पर्यटकहरूले झवाई खोल्सी क्षेत्रलाई अझ जीवन्त र आकर्षक बनाएको छ । पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको ‘गोसाइ डाँडा ताल’ अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी बताउनुहुन्छ ।

 

अध्यक्ष चौधरीका अनुसार हाल विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिन थालेको छ । “यस क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यदि ताल क्षेत्रको थप सौन्दर्यीकरण गर्न सकियो, डुङ्गाको सङ्ख्या बढाइयो, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पर्यटक विश्रामका लागि गोलघर तथा अन्य आवश्यक संरचना निर्माण तथा भएका संरचनाको स्तरोन्नति गर्न सकियो भने झवाई खोल्सीलाई निकट भविष्यमा मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना प्रबल छ ।”

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो ताल झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको छ । तालको चारैतिर रहेका साना–ठूला पोखरीहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अझै बढाएको छ । चुरे क्षेत्रको सिमसार क्षेत्रलाई संरक्षण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो ।

 

चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा गोसाइ डाँडा तालले महत्त्वपूर्ण भूमिका खेलेको छ । विशाल तालको पानीले ‘वाटर रिचार्ज’को काम गर्नुका साथै सिमसार क्षेत्रको संरक्षणमा सहयोग पुगेको वडाध्यक्ष तेजुलाल चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “यस प्रकारका ताल र पोखरीले चुरे क्षेत्रको जलाधार संरक्षणमा दीर्घकालीन योगदान पुर्याउँछन् । त्यसैले यस्ता जलाधार क्षेत्रको संरक्षणमा हामीले विशेष ध्यान दिएका छौँ । स्थानीयलाई प्रोत्साहन गरेका छौँ ।”

 

गोसाइ डाँडा तालको सिमसार क्षेत्रको पानीलाई सङ्कलन गरी आवश्यकताभन्दा बढी पानी सिँचाइका लागि प्रयोग गर्ने सम्भावनाको अध्ययनपछि भूसंरक्षण तथा सिँचाइ कार्यालयले यहाँ लगानी गरेको छ । झवाई खोल्सीको पानी प्रयोग गरी बानोगाउँका किसानले तरकारी, गहुँ, धानलगायत बाली उत्पादन गर्न थालेपछि थारू र मुसहर समुदायको जीवनस्तरमा सुधार आएको छ ।

 

यस क्षेत्रको विशेषता भनेकै स्थानीय थारू र मुसहर समुदायको सक्रिय सहभागिता हो । सामुदायिक वनको संरक्षण, तालको व्यवस्थापन र सौन्दर्यीकरणमा स्थानीयकै अग्रसरताले यो क्षेत्र उदाहरणीय बन्दै गएको छ । झवाई खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीका अनुसार खोल्सी दहमा माछापालन गरेर वार्षिक करिब रु दुई लाख आम्दानी भइरहेको छभने वनको डालापात र दाउरा बिक्रीबाट थप रु पाँच लाख आम्दानी हुने गरेको छ । “यसले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै स्थानीयको आयआर्जनमा ठोस टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

 

ताल क्षेत्रमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय, वनभोजस्थलजस्ता संरचना निर्माण भइसकेका छन् । यस सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार महादेव र हनुमान मन्दिर निर्माण अन्तिम चरणमा रहेको छभने भविष्यमा भ्यूटावर निर्माण गर्ने योजना पनि रहेको छ ।

 

तालको बीचमा रहेको जमिनले यसलाई अझै आकर्षक बनाएको स्थानीय बताउँछन्, जसका कारण यहाँ आउने पर्यटकलाई पोखराको फेवातालको झल्को मिल्ने गरेको छ । स्थानीय बासिन्दा अशोक चौधरी भन्नुहुन्छ, “तालको बीचमा देखिने यो जमिनले यहाँको दृश्य निकै फरक र सुन्दर बनाएको छ । धेरैले त पहिलोपटक देख्दा फेवातालजस्तै लागेको प्रतिक्रिया दिनुहुन्छ, यही कारण यहाँ आउने पर्यटक झन् आकर्षित भइरहेका छन् ।”

 

लहान नगरपालिकाले झवाई खोल्सी डाँडामा शिव मन्दिर निर्माण, गाउँसम्म पुग्ने सडक ढलान तथा थारू परिकारमार्फत पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थारू संस्कृति होमस्टे व्यवस्थापनसमेत सुरु गरिसकेको छ । यस क्षेत्रको थप विकासका लागि बाधक बनिरहेको बानो खोलामा पुल निर्माणको काम सुरु भइसकेको छ । पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

 

झवाई खोल्सी क्षेत्रलाई प्राकृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लामो समयदेखि पहल भइरहे पनि यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीले स्थलगत भ्रमण गरी बजेट विनियोजन गरेपछि मात्र स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामुदायिक वनका अध्यक्ष चौधरीले स्मरण गर्नुभयो ।

 

उहाँका अनुसार लहानकै राजदेवी र हात्ती दहजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल आउने पर्यटकलाई झवाई खोल्सी हुँदै गोसाइ डाँडा तालसम्म ल्याउने उद्देश्यका साथ काम भइरहेको छ । उहाँले भन्नुभयो, “पर्याप्त प्रचारप्रसार गर्न सके संरक्षण, पर्यटन र समृद्धिलाई एउटै सूत्रमा बाँध्दै अघि बढिरहेको गोसाइ डाँडा ताल अब केही वर्षभित्रै मधेस प्रदेशकै नमूना पर्यापर्यटन गन्तव्य बन्ने अपेक्षा गरेका छौँ ।” राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया-४ मा निशुल्क पशु स्वास्थ्य शिविर, १२ सय बढी पशु–पन्छीको उपचार

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...

बर्दगोरिया-४ मा निशुल्क पशु स्वास्थ्य शिविर, १२ सय बढी पशु–पन्छीको उपचार

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...

किसानले चैते धानको उचित मूल्य पाएनन्

बनियानी (झापा), अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए ।   सरकारलेसमेत बेलैमा चैते धानको मूल्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली (तनहुँ),  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९