‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ), पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ । हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन् । त्यसैले पछिल्लो समय चुनपहरा चट्टान प्रशिक्षण केन्द्र बनेको छ ।

 

पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण प्रशिक्षण दिने स्थल बनेको छ । चुनपहरा पथ प्रदर्शक मात्रै नभई नेपाल प्रहरीका जोखिम उद्धार टोली उत्पादनका लागि प्रशिक्षण लिने स्थल बनेको छ । नेपाल पर्वतीय पदयात्राका निम्ति उपयुक्त स्थान मानिन्छ । यहाँ आउने विदेशी पर्यटकलाई आकर्षित गर्न तथा दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्य रहेको सिद्ध गुफा संरक्षण समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“यहाँ विदेशी तथा स्वदेशी साहसिक खेलाडी समय समयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । कम्पनीले दक्ष तथा अनुभवी पथ प्रदर्शक उत्पादन गरिरहेका छन् भने नेपाल प्रहरीको जोखिम उद्धारका लागि  तालिम केन्द्र बनेको छ”, श्रेष्ठले भन्नुभयो, “विगतमा सडक विस्तारको क्रममा पहरा कटान गर्ने योजना थियो, पछि हामीले साहसिक खेलको प्रशिक्षण केन्द्र बनायौँ ।” साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै यसलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।
यहाँ आउने विदेशी पर्यटकलाई राष्ट्रियस्तरको प्रमाण प्राप्त दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्यका साथ पर्वतीय पथ प्रदर्शक प्रशिक्षण भइरहेको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घ गैरीधारा काठमाडौँले जनाएको छ । यो एक हप्ताका लागि सञ्चालन हुनेछ । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका महासचिव पासाङ टेण्डी शेर्पाले १७औँ चरणको तालिम यहाँ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 

 

“यो साहसिक खेल नेपालको मात्रै नभएर विश्वमा नै प्रसिद्ध छ । यो प्रशिक्षण र सिकाई फिजियोथेरापीसँग पनि सम्बन्धित छ”, उहाँले भन्नुभयो, “चट्टानको प्राकृतिक जडान सुरक्षित र सजिलो छ ।”
महासचिव शेर्पाले नेपालमा चट्टान आरोहण विकासका क्रममा रहेको र चट्टान आरोहणले मानसिक रुपमा पनि तन्दुरुस्त बनाउन सहयोग गर्नेे बताउनुभयो । यस स्थानको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल साहसिक पदयात्रा गर्ने क्षेत्रको रुपमा मानिएको छ भने पर्वतारोहणमा सहज बनाउन प्रशिक्षकको मागअनुसार उपलब्ध गराउन पथ प्रदर्शक उत्पादन गरिरहेको सङ्घले जनाएको छ ।
सङ्घका सिनियर प्रशिक्षक लाक्पा राङ्कु शेर्पाले प्रशिक्षणका लागि सीमित क्षेत्र भएकाले सिमित प्रशिक्षार्थीलाई मात्रै प्रशिक्षण दिइरहेको बताउनुभयो । साहसिक खेलमध्येको चट्टान आरोहणपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शक भएको प्रमाणपत्र दिने गरिन्छ ।

 

सङ्घले यस पटक एक महिला र ४३ पुरुष गरी ४४ जनालाई प्रशिक्षण दिइरहेको महासचिव शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शकको प्रमाणपत्र दिने गरिन्छ ।”
“पथ प्रदर्शकले मौसमको आभास गर्नुपर्ने हुन्छ, त्यसका लागि सिद्धगुफाको चट्टान उपयुक्त छ”, प्रशिक्षक शेर्पाले भन्नुभयो, “दक्ष पथ प्रदर्शक उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम दिन्छौँ यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ ।”

 

विदेशबाट नेपालका हिमाल आरोहण गर्न आउने गर्छन् । उनीहरुलाई सहज र सुरक्षित रुपमा हिमाल आरोहण गराउने गरी कम्पनीले दक्ष पथ प्रदर्शक उत्पादन गरिरहेको छ । माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षण भएको र यसका साथै आइस क्लाइम्बिङ (पहिलो चरण) को तालिम प्रदान गरिसकिएको छ ।
प्रशिक्षण केन्द्र बनेको विमलनगर चुनपहरा ओझेलमा परेको छ । चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा अभ्यास सकिएपछि दक्ष पथ प्रदर्शकको प्रमाणपत्र प्रदान गरी काम गर्नसक्ने हुन्छ । प्रशिक्षक लाक्मी शेर्पा चट्टान आरोहणको प्रशिक्षणतर्फ महिला पनि आकर्षित भइरहेका बताउनुभयो । जोखिम तथा साहसिक खेलमा महिलाको आकर्षण बढ्दो छ ।  देशैभर दक्ष तथा अनुभवी महिला पथ प्रदर्शक सङ्ख्यात्मक रुपमा कम रहेकाले म पनि गर्न सक्छु भनेर यस क्षेत्रमा लागिरहेका प्रशिक्षक शेर्पाले बताउनुभयो । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
सिद्धगुफाको संरक्षण गर्नुका साथै आरोहण गर्न चट्टान पनि सुरक्षित तवरबाट जोडिएका छन् । प्रचारप्रसार तथा प्रवद्र्धनमा भने उल्लेख्य काम हुन नसकेको स्थानीयको गुनासो छ । पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तरराष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्दै गएको छ ।

 

पथ प्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाको रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् । केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि विस्तारै बढ्दै गएको छ । यस क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्नका निम्ति तीनै तहका सरकारका साथै पर्यटन बोर्ड र खेलकुदसँग सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनसकेमा अझ राम्रो हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत,  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना...

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ,  नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक ललितपुरको...

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम

काठमाडौँ,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताउनुभएको छ ।आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९