कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित रानिकुण्डा गाउँमा नेकपा एमालेका कार्यकर्ता भिम बि.क.को पराल टौवामा आगो लागेको छ। आगो बिहान लगभग ५ बजे लागेको बताइएको छ।
नेकपा एमाले बर्दगोरिया गाउँ कमिटीका अनुसार, विगत केही समय यता बिभिन्न श्रृंखलावद्ध तरिकाले पार्टीका कमिटीमा आवद्ध कमरेडहरूको घर, परालका टौवा, गोठ तथा गोठमा रहेका पशु चौपायामा आगजनी गरी क्षति पुर्याउने घटना भइरहेका छन्। पार्टीले यस घटनालाई राजनैतिक प्रतिशोध भएको उल्लेख गर्दै घोर भर्त्सना गरेको छ।
एमाले बर्दगोरिया गाउँ कमिटीले दोषीहरुलाई खोजी गरी कानुन बमोजिम कडा कारवाही गर्न माग गरेको छ।
पार्टीका अध्यक्ष मधुकर सिजापति मगरले, “उल्लेखित कार्यमा संलग्न दोषिहरूलाई कानुन बमोजिमको कारवाही गर्न आवश्यक छ” भनेर जोड दिएका छन्।
विज्ञप्ति सहित















































































































































