आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

राँझा (बाँके),  कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत (हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले ।

 

अहिले बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती हुन्छ तर ती फाँटहरूमा कालानमकजस्ता परम्परागत जातका धानको उपस्थिति करिब शून्य जस्तै छ । किसान व्यावसायिकतातर्फउन्मुख भएसँगै थोरै लगानीमा धेरै प्रतिफल खोज्दा हाम्रा मौलिक स्वादहरू सङ्कटमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

किन हराउँदैछ कालानमक ?

कालात्मक धान लोप हुनुका पछाडि मुख्य तीन कारण छन्– कम उत्पादन, बढी समय र उच्च लगानी । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार यो धान तयार हुन करिब १४० दिन लाग्छ । असारमा रोपेको धान मङ्सिरको पहिलो साता मात्र भित्र्याउन सकिन्छ । “विगतमा यसको खेती निकै हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै लाभ लिनतिर लागे”, उहाँ भन्नुहुन्छ, “यसमा सिँचाइ र स्याहार बढी चाहिने तथा रोग किराको प्रकोप पनि बढी देखिने भएकाले किसान ‘हाइब्रिड’तिर आकर्षित भए ।”

 

कालानमक धानखेतीमा केही प्राविधिक समस्याहरू पनि छन् । पहिलेका बीउहरू धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या थियो । अहिले होचो जातको बीउ प्रयोगमा ल्याइएको छ । अर्को समस्या भनेको ‘किरा’को हो । असोज–कात्तिकमा अन्य धान भित्र्याइसकेपछि वरपरका सबै किराहरू ढिलो पाक्ने कालात्मकमा सर्ने गर्छन्, जसले धान पोकट बनाउने जोखिम रहन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भन्नुभयो, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रव्रद्धन र प्रचारमा लागेका छौँ ।”

 

पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले अहिले होचो कालानमक बीउ प्रयोगमा ल्याइएको छ । किसानले रासायनिक मल धेरै हाल्ने चलन रहेकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको पाठकले बताउनुभयो । उहाँका अनुसार आर्थिक रूपमा भने यो धान निकै लाभदायक देखिन्छ । सामान्य धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार पाँच सय छ भने कालानमक प्रतिक्विन्टल रु १० हजारसम्ममा सजिलै बिक्री हुन्छ । विशेषगरी उच्च घराना र पर्यटकको पहिलो रोजाइमा पर्ने हुनाले यसको बजार सुनिश्चित छ ।

 

संरक्षणको आशा

हराउँदै गएको यो रैथाने सानलाई जोगाउन कृषि ज्ञान केन्द्र बाँकेले अहिले विशेष पहल थालेको छ । कृषि अनुसन्धान परिषद् (नार्क) खजुराबाट प्राप्त बीउलाई बाँकेको वैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान जगनारायण चौधरीको खेतमा परीक्षणका रूपमा लगाइएको छ । चौधरीले करिब एक हेक्टर क्षेत्रफलमा कालानमक खेती गर्दै आउनुुभएको छ । पाँच वर्षदेखि यो धान जोगाउन लाग्नुभएका उहाँ भन्नुहुन्छ, “उत्पादनमा खर्च बढी लाग्छ, तर यसको बजारमा माग निकै छ ।”

 

यस प्रजातिको धानको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताउनुभयो ।

 

आयात प्रतिस्थापनको लक्ष्य

सरकारले अहिले मसिनो तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र प्रविधिमा अनुदान दिन थालेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेका अनुसार कालानमक जस्ता रैथाने धानको उत्पादन बढाएर बाहिरबाट हुने मसिनो चामलको आयात प्रतिस्थापन गर्ने योजना छ । आधुनिकताको दौडमा हामीले हाम्रा रैथाने बीउबिजन गुमाउँदै गएका छौँ । टिटिहिरियाका जगनारायण चौधरी जस्ता किसान र कृषि ज्ञान केन्द्रको यो प्रयासले ‘कालानमक’ को सुगन्ध फेरि बाँकेका फाँटहरूमा फर्किने आशा जगाएको छ । यदि प्रविधि र सन्तुलित मलखादको प्रयोगमा किसानलाई प्रोत्साहन गर्ने हो भने कालानमक केबल पहिचान मात्र होइन, समृद्धिको आधार पनि बन्न सक्छ ।

 

बाँकेमा किसानले रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको  हाइब्रिड धान रोप्दै आएका छन् । रैथाने धानको जातलाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ घिमिरेको भनाइ छ । यो धान उत्पादन बढाउन बाँकेमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बिउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको छ । कालानमक धानको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

पुराना रैथाने जातबाट उत्पादन कम हुने र रोगकिरासित लड्ने क्षमतामा पनि कम हुने भएकाले पुराना जातको सट्टा नयाँनयाँ जातको धान खेती हुने गरेको छ । बालीको निश्चित अवधिपछि रोगकिराको प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ । यसले रासायनिक मल तथा विषादी बढी प्रयोग गर्नुपर्ने हुनाले उत्पादन लागत बढ्न जाँदा किसानले नयाँ जात खोज्ने गरेको घिमिरेको भनाइ छ ।

 

पछिल्ला दिनमा किसानका खेतमा कालोरङका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बाला झुलेको देखिन छाडेका छन् । अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको नेपालगञ्ज–१९ का किसान ललवा माहुतले बताउनुभयो । “नयाँ पुस्ताले रैथाने बीउको प्रयोग गर्नै चाहँदैनन्, रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो”, किसान माहुतले भन्नुभयो, “व्यापार व्यवसायतर्फ नयाँपिँढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थे र भनेर चकित पर्ने दिन आउन सक्छ ।”

 

कृषि ज्ञान केन्द्रका अनुसार मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानकोभन्दा धेरै पानी चाहिन्छ । उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ । पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएका कारण किसानले पानी बढी चाहिने रैथाने स्थानीय जातका धानखेती गर्न छाडेर सुक्खा सहनसक्ने उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन् ।  रैथाने जातको धान प्रतिहेक्टर तीनमेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातको धान प्रतिहेक्टर पाँच मेट्रिकटनसम्म उत्पादन हुन्छ ।

 

रैथाने धान उत्पादनमा गाभरवासी अग्रसर

बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

 

यो क्षेत्रमा पाइने कालानमक, घैया, गर्भे र अनदीलगायतका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्ने अभियान सुरु भएको छ । गाभर क्षेत्रमा एक बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । गाभर भ्यालीमा आउने पर्यटकहरू रैथाने उत्पादन अवलोकन गर्न पनि आउने गरेको उहाँले बताउनुभयो । यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँदै रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९