आलेख : नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार

घोडाघोडी (कैलाली),  सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन् । यही भू–संरचनाका कारण यहाँका नदीहरूले वर्षायाममा पहाडबाट ठूलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा बगाएर तराई क्षेत्रमा ल्याउने गर्छन् । कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगङ्गा, गौरीगङ्गा, बनरा, गुलरा, गोदावरी तथा कञ्चनपुरतर्फ महाकाली, चौधर र जोगबुढा जस्ता नदीहरू नदीजन्य पदार्थका प्रमुख स्रोत हुन् ।

 

 

यी नदीहरूले बगाएर ल्याउने ढुङ्गा, गिट्टी र बालुवा स्थानीय तहका लागि महत्वपूर्ण आम्दानीको स्रोत बनेका छन् । सडक, भवन, पूर्वाधार निर्माणका लागि अपरिहार्य यी सामग्रीले स्थानीय सरकारको राजस्व बढाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । यही सम्भावनालाई व्यवस्थित गर्न सरकारले ‘नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा ढुवानीसम्बन्धी मापदण्ड, २०७७’ लागू गर्दै उत्खननको अधिकार स्थानीय तहलाई दिएको छ ।

 

 

मापदण्डको मूल उद्देश्य अनियन्त्रित उत्खनन रोक्दै स्रोतको दिगो उपयोग, पारदर्शिता कायम गर्नु र राजस्व अभिवृद्धि गर्नु हो तर कानुनी व्यवस्था हुँदाहुँदै पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । विकास र आम्दानीको नाममा गरिएको अव्यवस्थित उत्खनन्ले नदी बहाव, बस्ती, खेतीयोग्य जमिन, वन क्षेत्र र चुरे भूभागमा जोखिम निम्त्याइरहेको छ ।

 

 

बदलिँदै नदीको धार, बढ्दै कटानको जोखिम

कैलालीको धनगढी उपमहानगरपालिका–२ का डम्बर सुनारको जमिन मोहना नदी किनारसँगै जोडिएको छ । पछिल्ला वर्षहरूमा मोहना नदीमा भइरहेको उत्खनन्का कारण नदीको प्राकृतिक बहाव परिवर्तन हुँदै गएपछि उहाँ चिन्तित हुनुहुन्छ । नदी बस्तीतर्फ ढल्किँदा डुबान र कटानको जोखिम दिन प्रतिदिन बढ्दै गएको उहाँको भनाइ छ । नदीलाई खोल्न उत्खनन आवश्यक हुन्छ, सुनार भन्नुहुन्छ, “तर उत्खनन्सँगै तटबन्धको काम पनि हुनुपर्छ । उत्खनन् बन्द गर्नुपर्छ भन्ने होइन तर हाम्रो बस्ती जोगिनु प¥यो ।”

 

 

स्थानीयका अनुसार यहाँ गरिएको उत्खनन्ले मोहना नदीको प्राकृतिक स्वरूपमा ठूलो परिवर्तन ल्याएको छ । नदीबीच भागबाट बग्नुपर्ने बहाव एकतर्फी रूपमा बस्तीतर्फ मोडिँदै गएको छ । यसले नदी किनारका खेतबारी कटान हुन थालेका छन् भने बर्खायाममा डुबानको खतरा झनै बढ्दै गएको छ । स्थानीय तथा नदी तटबन्धन समितिका सचिव वीरेन्द्र भाट कटान नियन्त्रणका लागि आवश्यक पूर्वतयारी नगरी उत्खनन् गरिएको बताउनुहुन्छ । “तटबन्ध नगरी गरिएको उत्खनन्ले बस्ती नै उठ्ने जोखिम बढाएको छ”, उहाँ भन्नुहुन्छ, “कटान भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको छ ।”

 

 

लामो समयदेखि उठेको स्थानीय गुनासो र दबावपछि एक साताअघि मात्रै सो क्षेत्रमा उत्खनन् रोकिएको छ । स्थानीय खडकबहादुर बोहरा तटबन्ध नगरेसम्म पुनः उत्खनन् सुरु गर्न नदिने बताउनुहुन्छ । समस्या मोहना नदीमा मात्र सीमित छैन । कैलालीको घोडाघोडी नगरपालिका–९ मा पर्ने कान्द्रा खोलामा पनि यस्तै समस्या छ ।

 

 

स्थानीयवासी सीमा रतोकी भन्नुहुन्छ, “जथाभाबी उत्खनन हुँदा खोलाको धार परिवर्तन भई खेतबारी र बस्ती नजिकै कटान बढ्दै गएको छ । पहिले खोलाको धार टाढा थियो, वर्षेनी खेत कटान हुँदै गएको छ ।” चुरे र तराईको सङ्गम क्षेत्रमा पर्ने कैलालीका गोदावरी, खैराना, खुटिया, कान्द्रा, मोहना र कर्णाली नदी लगायतका अधिकांश नदी तथा खोलानालामा अव्यवस्थित उत्खनन भइरहेको स्थानीय बताउँछन् । यसले नदी प्रणालीसँग जोडिएका बस्ती, कृषि जमिन र भौतिक संरचनालाई दीर्घकालीन जोखिममा पारेको छ ।

 

 

चुरेमा पहिरो, तराईमा बाढी

जथाभावी नदीजन्य पदार्थ उत्खनन्को असर तराई क्षेत्रमा मात्र सीमित छैन । यसको असर चुरे क्षेत्रसम्म गहिरो रूपमा फैलिएको छ । यसले चुरे पहाडको कमजोर भू–संरचना थप अस्थिर बनाउँदै मानव बस्ती नै जोखिममा पार्न थालेको छ । कान्द्रा उपजलाधार नागरिक सञ्जालका सह–संयोजक मोहन विकका अनुसार अव्यवस्थित र अवैज्ञानिक उत्खनन्कै कारण कैलालीको मोहन्याल गाउँपालिका–५ अन्तर्गत पर्ने रजेगडा गाउँ नै पहिरोको उच्च जोखिममा छ ।

 

 

उहाँका अनुसार रजेगडा जिल्ला कै सबैभन्दा बढी पहिरोको जोखिम भएको क्षेत्रका रूपमा चिनिन्छ । “हामी चुरेको डाँडामा बसोबास गर्छौँ, जहाँ जमिनको बनावट आफैँ कमजोर छ,” विक भन्नुहुन्छ, “तर त्यसलाई बेवास्ता गर्दै ट्याक्टर र अन्य सवारी साधनहरू गाउँको छेउसम्मै पुगेर नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।” यसरी उत्खनन गर्दा पहाडको प्राकृतिक सन्तुलन बिग्रिँदै गएको र सामान्य वर्षामा समेत पहिरो जाने खतरा बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “संवेदनशील चुरे क्षेत्रमा नियमित अनुगमन र कडाइका साथ नियन्त्रण हुनुपर्ने भए पनि अनुगमन टोली नै नपुग्ने अवस्था छ ।”

 

 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्याका अनुसार नदी उत्खननले जलाधार प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्छ । “चुरे क्षेत्रको अव्यवस्थित नदीजन्य पदार्थ उत्खनन्का कारण माटो थाम्ने क्षमता कमजोर बन्छ, जसको असर मध्य र तल्लो तटीय क्षेत्रमा कटान, डुबान तथा बाढीको जोखिम बढ्छ”, पाध्याले भन्नुभयो । नदीको माथिल्लो भाग चुरे क्षेत्रमा अव्यवस्थित उत्खनन हुँदा माटो थाम्ने क्षमता घट्छ, जसको असर मध्य तटीय क्षेत्रमा कटानका रूपमा देखिन्छ भने तल्लोतटीय क्षेत्रमा बाढी, डुबान र पटानको समस्या देखापर्छ । कतिपय उब्जाउ जमिन बालुवाको बगरमा परिणत हुने पाध्या बताउनुहुन्छ । उहाँका अनुसार चुरे क्षेत्रको तल फेदीमा जथाभावी उत्खनन् गर्दा भूस्खलनको सम्भावना उच्च हुन्छ, जसले दीर्घकालीन रूपमा भू–क्षय र प्राकृतिक संरचनामा क्षति पु¥याउँछ ।

 

 

 

कतै रोक, कतै उत्खनन् आवश्यक

चुरे क्षेत्र अत्यन्त संवेदनशील भएकाले त्यहाँ अत्यधिक उत्खनन् गर्न नमिल्ने भए पनि कञ्चनपुरका केही स्थानमा भने बस्ती जोगाउनका लागि नियन्त्रित उत्खनन् आवश्यक देखिन्छ । महाकाली नदी ठूलो नदी प्रणाली भएकाले त्यससँग जोडिएका भिमदत्त नगरपालिका क्षेत्रका साना–ठूला खोलामा आवश्यक मात्रामा उत्खनन् नगरिए बस्तीहरू जलमग्न हुने जोखिम रहेको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा बताउनुहुन्छ । “अहिले पनि खोलाहरू बस्ती आउन तयारी अवस्थामा छन्”, उहाँ भन्नुहुन्छ, “यहाँका साना–ठूला नदीहरूमा उत्खनन् गरेकै कारण धेरै बस्ती जोगिएका छन् ।”

 

 

नदीजन्य पदार्थ देश विकासको महत्वपूर्ण स्रोत भए पनि यसको सही सदुपयोग हुन नसकेको उहाँको भनाइ छ । पाँच वर्षका लागि भारतसँग सहकार्य गरी नदीजन्य पदार्थ निर्यात गर्न सकिए आर्थिक लाभसँगै नदीको सतह गहिरो बनाइ बहावलाई बिच भागमै कायम गर्न सकिने उहाँको सुझाव छ । महाकाली नदीमा थुप्रिँदै गएको सिल्ट (लेदो) समयमै उत्खनन् गरी नदीको बिच भागबाट बहाव कायम गर्न आवश्यक रहेको भिमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा बताउनुहुन्छ । “सिल्ट सफा नगरिए नदी बस्तीतर्फ ढल्किने जोखिम छ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार महाकालीमा निर्माण भएको चार लेन पुलको संरचनाले पनि भिमदत्त नगरपालिका–११, १२ र १३ का करिब एक हजार पाँच सयदेखि दुई हजार परिवार विस्थापनको जोखिममा परेका छन् ।

 

 

 

उत्खनन्को विवाद अख्तियारदेखि अदालतसम्म

नदीजन्य पदार्थ उत्खननसँग जोडिएका समस्या वातावरणीय जोखिममै सीमित छैनन् । आर्थिक अनियमितताको आरोप पनि सतहमा आउन थालेका छन् । कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खनन्बाट सङ्कलित रोयल्टी रकममा हिनामिना भएको आरोप लागेको छ । वडा नं ९ अन्तर्गत घुराहा नदीका विभिन्न घाटबाट उत्खनन् हुँदै आएको बालुवाको रोयल्टी गाउँपालिकाले आफैँ कर्मचारी राखेर सङ्कलन गर्दै आएको थियो । उत्खनन्का क्रममा अनियमितता भएको भलमन्सा लौटन चौधरी बताउनुहुन्छ ।

आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ मा कोइलही–सामरचौरा घाट र गदरिया घाटका लागि खटाइएका रोयल्टी सङ्कलकहरूले एकै नम्बरका रसिद प्रयोग भएको बताएका छन् । “धेरै ठेलीमा एउटै नम्बरको रसिद हुन्थ्यो,” रोयल्टी सङ्कलक लाहुराम चौधरी भन्नुहुन्छ, “मेरो काम त रसिद काट्ने मात्रै थियो ।”अख्तियारमा उजुरी परेपछि त्यहाँ उत्खनन बन्द गरिएको छ ।

 

 

कैलालीको घोडाघोडी नगरपालिकामा यसवर्ष वैध नदीजन्य पदार्थ उत्खनन बन्द छ । नगरपालिकाले उत्खनन्का लागि आह्वान गरेको बोलपत्र छ करोड ४१ लाख ८४ हजार रुपैयाँमा एच.बी. बिल्डर्सले पाए पनि समयमै रकम जम्मा हुन नसक्दा सम्झौता रद्द गरिएको नगर प्रमुख खडक रावत बताउनुहुन्छ । धरौटी रकम फिर्ताको माग गर्दै ठेकेदारले अदालतमा मुद्दा दायर गरेपछि वैध उत्खनन् रोकिएको हो । यही अवस्थाको फाइदा उठाउँदै कतिपय स्थानमा अवैध उत्खनन् भइरहेको छ । अवैध उत्खनन्को नियन्त्रणका लागि अनुगमन बढाइएको नगर प्रमुख रावतको भनाइ छ । सर्वोच्च अदालतको फैसला केही दिनअघि आइसके छ । पुनः सम्झौता पनि गर्न सकिने र धरौटी फिर्ता पनि गर्न सकिने भन्दै पनि स्पष्ट कार्यदिशा नआएकाले छलफल जारी रहेको उहाँ बताउनुहुन्छ ।

 

 

 

कमजोर नियमन, सीमित अधिकार

नदीजन्य पदार्थ उत्खनन्का लागि जिल्ला समन्वय समितिको संयोजकत्वमा रहेको अनुगमन समितिले शर्त पालना भए–नभएको नियमित अनुगमन गर्नुपर्ने व्यवस्था छ तर मापदण्ड विपरीत उत्खनन् भइरहेको अवस्था भेटिने गरेको जिल्ला समन्वय समिति कैलालीका प्रमुख टिका चौधरी बताउनुहुन्छ । “कतै अनुमति क्षेत्रभन्दा बाहिर उत्खनन् भएको भेटिन्छ,” उहाँ भन्नुहुन्छ, “कतै तोकिएको भन्दा बढी गहिराइमा उत्खनन गरिएको हुन्छ ।” नदीको प्राकृतिक बहाव, तटबन्ध, वन क्षेत्र र सीमावर्ती संरचनालाई असर नपर्ने गरी मात्रै उत्खनन् हुनुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ, “मापदण्ड विपरीत उत्खनन गर्नेलाई कारबाहिका सिफारिस गर्ने गरेका छौँ ।”

 

 

यता जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराका अनुसार नदीजन्य पदार्थ उत्खनन्का क्रममा कुनै पनि कानुन वा कार्यविधिको अक्षरशः पालना भएको अवस्था देखिँदैन । हालको कार्यविधिअनुसार ठूला नदीहरूमा एस्काभेटरलगायत भारी उपकरण प्रवेश गराउन नपाइने व्यवस्था छ । तर कञ्चनपुरको महाकाली नदीमा समयमै उत्खनन् नगरे पूर्वी र पश्चिमी तटमा बाढीको जोखिम बढ्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । “महाकाली नदीबाट करिब एक लाख घनमिटर नदीजन्य पदार्थ हटाउनुपर्ने आवश्यकता महसुस गरिएको छ,” बोहराले भन्नुभयो, “यति ठूलो परिमाण मानवीय श्रमबाट मात्र सम्भव हुँदैन ।”

 

 

अन्य नदीहरूको तुलनामा महाकाली नदीमा ढिलो गरी उत्खनन सुरु हुने गर्दछ । यस्तो अवस्थामा व्यवसायीहरूले उत्खनन गरेको नदीजन्य पदार्थ भण्डारण गर्न उपयुक्त स्थान आवश्यक पर्छ । हालको प्रावधान अनुसार भण्डारण गर्न खोज्दा उपयुक्त स्थान भेटाउँदैनन् । प्रावधानअनुसार भण्डारण गर्न नसक्दा स्थानीय तहले स्टक प्रमाणित नगर्ने समस्या देखिन्छ, जसले व्यवसायीहरूमा निराशा र उदासीनता बढाएको उहाँको भनाइ छ । यी व्यावहारिक समस्यालाई मध्यनजर गर्दै कार्यविधि संशोधन आवश्यक रहेको बोहरा बताउनुहुन्छ ।

 

 

अनुगमनका सन्दर्भमा पनि चुनौती रहेको उहाँ बताउनुहुन्छ । “हामीसँग भएको जनशक्ति र साधन स्रोतले नियमित अनुगमन गर्न सम्भव छैन,” बोहराले भन्नुभयो, “खोलानालामा पुग्नका लागि उपयुक्त सवारी साधनसमेत छैनन् । प्रायः पुराना र थन्किएका गाडीहरू उपलब्ध गराइन्छन्, त्यस्ता साधनबाट प्रभावकारी अनुगमन कसरी सम्भव हुन्छ, उहाँ भन्नुहुन्छ । ” बोहराका अनुसार अनुगमन जिल्ला समन्वय समितिका लागि बाध्यकारी समेत होइन । साथै, मापदण्ड विपरीत उत्खनन गर्नेलाई प्रत्यक्ष कारबाही गर्ने समितिसँग अधिकार नहुँदा समस्या थप जटिल बनेको छ । जिल्ला समन्वय समितिले मापदण्ड विपरीत कार्य गर्नेहरूलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार मात्र राख्दछ । कतिपय अवस्थामा स्थानीय तह आफैँ ठेकेदारलाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिनुपर्ने दबाबमा रहने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “त्यस्तो अवस्थामा स्थानीय तहले कारबाही प्रक्रिया अघि बढाउन कठिनाइ हुने गर्दछ ।

 

 

दिगो र वैज्ञानिक उत्खनन् आवश्यक

नदीजन्य पदार्थ उत्खनन विकास निर्माणका लागि आवश्यक भए पनि दिगो, वैज्ञानिक र पारदर्शी रूपमा नगरे यसले गम्भीर वातावरणीय सङ्कट निम्त्याउन सक्ने भू तथा जलाधार व्यवस्थापन कार्यालयका विज्ञ किशोर अर्याल बताउनुहुन्छ । उहाँका अनुसार मापदण्ड विपरीत गरिने उत्खनन् विकासको साधनभन्दा बढी विपद्को कारण बन्ने जोखिम रहन्छ । “नदी भन्नासाथ जलाधार प्रणालीसँग यसको गहिरो सम्बन्ध जोडिन्छ,” अर्याल भन्नुहुन्छ, “उत्खनन्को प्रभाव चुरे, मध्यतटीय र तल्लोतटीय क्षेत्रमा फरक–फरक रूपमा देखिन्छ ।”

 

 

उहाँका अनुसार चुरे क्षेत्रमा अत्यधिक उत्खनन हुँदा पहिरो, माटो क्षय र भू–क्षय बढ्छ । मध्यतटीय क्षेत्रमा नदी कटान तीव्र भई गाउँ बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्छन् भने तल्लोतटीय क्षेत्रमा बाढी, डुबान र पटानको समस्या थप गम्भीर बन्न सक्छ । अर्यालले नदी प्रणालीको विस्तृत अध्ययन गरी आवश्यक मात्रामा, वैज्ञानिक आधारमा र एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्याका अनुसार नदीजन्य पदार्थ उत्खनन्ले सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पार्दछ । तर वैज्ञानिक अध्ययन र मापदण्डको पालना नगरी गरिने उत्खननले वातावरणीय सन्तुलनमा गम्भीर असर पुग्ने उहाँको भनाइ छ । नदीमा आश्रित जलचर तथा अन्य जैविक प्रणालीमा प्रत्यक्ष प्रभाव पर्नुका साथै जलचरको प्रजनन् चक्रसमेत खल्बलिने जोखिम रहने उहाँ बताउनुहुन्छ ।

 

 

अवैध उत्खननका कारण नदीमा निर्माण गरिएका पुल, बाँध तथा अन्य संरचनामा समेत गम्भीर असर पर्ने पाध्या बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘गहिरो गरी उत्खनन गर्दा संरचनागत कमजोरी बढ्छ वर्षायाममा पुल भत्किने, बाँध क्षतिग्रस्त हुने र त्यसबाट मानवीय क्षति हुने जोखिम उच्च रहन्छ ।’’ कैलाली र कञ्चनपुरको अवस्थाले स्पष्ट देखाउँछ, नदीजन्य पदार्थ उत्खनन् आर्थिक रूपमा महत्त्वपूर्ण स्रोत भए पनि अव्यवस्थित भयो भने यही स्रोत विपद्को कारण बन्न सक्छ । विज्ञ, वन कार्यालय, स्थानीय सरकार र समुदायबीच समन्वय गर्दै दिगो, वैज्ञानिक र पारदर्शी उत्खनन् प्रणाली अवलम्बन गर्न सके मात्र नदीबाट समृद्धि सम्भव छ, अन्यथा जोखिम झनै गहिरिँदै जानेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा (सुनसरी),  सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९