निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर (म्याग्दी), म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ । आगामी फागुन २१ गते निर्वाचनको मिति नजिकिँदै जाँदा विशेषगरी पहिलोपटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

 

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जना व्यक्तिले उम्मेदवारी (मनोनयन) दर्ता गराएकामा १२ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारसहित राजनीतिक दलका नेताहरू मत माग्न जनताको घरघरमा जान, विभिन्न ठाउँमा भेला र छलफल गर्न व्यस्त हुन थालेका छन् ।

 

बेनी नगरपालिका–२ का निकेश सापकोटा पहिलोपटक मतदान गर्दै हुनुहुन्छ । उहाँले व्यक्तिगत छविमा कुनै दाग नलागेका, देश विकास गर्ने योजना भएका र युवाको मनोभावना र देशको आवश्यकतालाई बुझेर इमानदारीपूर्वक काम गर्ने नेतालाई निर्वाचित गरेर पठाउनका लागि फागुन २१ मा  मत हाल्न आफू उत्साहित भएको बताउनुभयो ।

 

“म पहिलोपटक मतदान गर्न लागेको छु । उत्साहित छु । देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्ने योग्य र इमानदार उम्मेदवारलाई भोट हाल्छु,” सापकोटाले भन्नुभयो । दलहरूले आ–आफ्ना पार्टी र उम्मेदवार नै योग्य भएको भनेर प्रचार गरी मत मागे पनि कसलाई जिताउने भन्ने अधिकार मतदातामा रहेको बताउँदै सापकोटाले आफू पहिलोपटक अधिकारको प्रयोग गर्न लागेकामा खुसी व्यक्त गर्नुभयो ।

 

यस्तै, बेनी नगरपालिका–७ की २१ वर्षीया सङ्गीता विक सबै सम्मेदवारहरूको कुरा सुनेर र उनीहरूलाई राम्रोसँग बुझेर मात्र कसलाई मत दिने भन्ने कुरा निर्णय गर्ने बताउनुहुन्छ । “म उम्मेदवारहरूको कुरा सुनेर र एजेन्डा हेरेर मत दिने मुडमा छु । सक्षम नेतृत्व छनोट गर्न नसक्दा दुःख जनतालाई नै हुँदोरहेछ भन्ने कुरा हामीलाई विगतले सिकाएको छ । त्यसैले राम्रो र सक्षम नेतृत्वलाई  मत दिएर विजयी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । विक जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उहाँ पहिलोपटक मतदान गर्दै हुनुहुन्छ ।

 

त्यस्तै, मङ्गला गाउँपालिका–४ का दीपेश बुढा पनि  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्दै हुनुहुन्छ । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ कि भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो । “अहिले म्याग्दीको निर्वाचन पनि निकै चर्चामा छ । नयाँ दल र नयाँ व्यक्ति निर्वाचनमा सहभागी भएका छन् । पार्टीभन्दा पनि योग्य मान्छेलाई हेरेर मतदान गर्ने सोच बनाएको छु,” बुढाले भन्नुभयो ।

 

रघुगङ्गा गाउँपालिकाका सङ्गम पुन पनि आफूले पहिलोपटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउनुहुन्छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उहाँको भनाइ छ ।

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको जिल्लामा अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।

 

निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ । अधिकांश युवा मतदाता रहेका छन् । केही यसअघि नै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबारसम्म ६६ वटा मतदानस्थलको अनुगमन तथा निरीक्षण गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो ।     नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३६, गोलभेँडा सानो...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ,  जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरेको हो ।     गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय...

अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा (सर्लाही), सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो ।     विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई...

साफ महिला च्याम्पियनसिपको उद्घाटनमा बङ्गलादेश र भुटान भिड्दै

कास्की, देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ः०० बजे भिड्दैछन् । यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ । नेपाल र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९