नागेश्वर मन्दिर क्षेत्रको प्रहरी बिट हटाउँदा पुरातात्विक सम्पदाको सुरक्षा जोखिममा

काठमाडौँ,  कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने नागेश्वर महादेव मन्दिर क्षेत्रको सुरक्षाका लागि विसं २०६४ देखि स्थापना गरिएको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा असुरक्षा बढ्नुका साथै धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा पनि असुरक्षित भएका छन् ।
जेनजी आन्दोलनका क्रममा काँडाघारी चौकी जलेपछि पुनर्निर्माण नभएसम्म नागेश्वर प्रहरी बिटमा चौकी स्थानान्तरण गरिएको थियो । जेनजी आन्दोलनका क्रममा कागेश्वरी मनोहरा–७ मा रहेको प्रहरी प्रभागमा क्षति भए पनि नागेश्वर मन्दिर क्षेत्रमा रहेको बिट भने सुरक्षित थियो ।

 

अहिले उक्त प्रहरी बिट हटाएपछि प्राचीन मन्दिरको बहुमूल्य कला, वस्तुहरूको सुरक्षामा चुनौती देखिएको नागेश्वर वाणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गुनासो गर्नुभयो । नागेश्वर मन्दिर परिसरको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा चोरी, डकैती दुव्र्यसनीको समस्या बढ्नसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका पनि उहाँले बताउनुभयो ।

 

जेनजी आन्दोलनका क्रममा विभिन्न जेलबाट भागेका कैदीबन्दी अझै नफर्किएका र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा प्रहरी बिट हटाउँदा स्थानीयवासी चिन्तित भएका फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसीले बताउनुभयो । नागेश्वर मन्दिर प्रहरी बिटले ‘टाउनप्लानिङ’ (आवास क्षेत्र) मा शान्ति सुरक्षा महसुस भएको थियो ।

 

जेनजी आन्दोलनपछि प्राचीन मन्दिरहरूमा चोरी पनि बढेकाले प्रहरी बिट पुनःस्थापना गर्न स्थानीयवासीले माग गरेका छन् । घना र अव्यवस्थित बस्ती भएकाले सुरक्षाका लागि बिट आवश्यक पर्ने समाजका अध्यक्ष केसीले उल्लेख गर्नुभयो । नागेश्वर मन्दिर समितिका अध्यक्ष रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।

 

यहाँ प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समन्वयमा प्रहरी प्रभाग स्थापना गरिएको रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा सोमबार, शनिबार तथा विभिन्न पर्वका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

 

त्रिभुवन विमानस्थलको धावनमार्गमा परेर हटाइएको नागेश्वर मन्दिरलाई पछि गोठाटारमा स्थापना गरिएको हो । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले सुरक्षाको दृष्टिले मन्दिर हटाउन लगाएपछि हटाइएको जनाइएको छ । गौचरणमा रहेको नागेश्वर मन्दिर २४ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

 

शिवालय ढुङ्गे धारा, गौचरणलगायत धार्मिक महत्त्वका सम्पदा यस क्षेत्रमा रहेका मन्दिर समितिका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका पीपल र खरीका रुख अहिले पनि धावनमार्गमै छन् । दश नम्बर ढोकाभित्र यहाँ कागेश्वर शिव शिवलिङ्ग छ । कागेश्वर शिव लिङ्गलाई नेपाली सेनाले संरक्षण र पूजाआजा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

 

नागेश्वर मन्दिर सिनामङ्गलमा विसं १८८१ मा सरदार बाक्सिङ रायले स्थापना गर्नुभएको थियो । “यो नागेश्वर मन्दिरमा नित्य पूजाका साथै शिव पूजाको प्रबन्ध गरिएको थियो । यहाँ ठूलो धर्मशाला थियो । पाठशाला पनि स्थापना गरिएको थियो । मन्दिर क्षेत्रको ढुङ्गेधाराबाट सिँचाइ हुन्थ्यो । गौचरणमा गाई चराइन्थ्यो । यो मन्दिर स्थापनाकालीन लालमोहर र शिलापत्र सबै सुरक्षित छ”, अध्यक्ष रायमाझीले भन्नुभयो ।

 

अहिले मन्दिर स्थानान्तरण गरिएको स्थानमा पुरातात्विक सम्पदा र मन्दिरका स्थापनाकालीन लालमोहर र शिलापत्र सुरक्षित राखिएका छन् । स्थानान्तरण गर्नुअघि पशुपति क्षेत्रमा पर्ने यो मन्दिर अहिले केही पर परेको छ । अहिले पशुपति क्षेत्र विकास कोषले यसको रेखदेख र संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

विचारः अपेक्षा र उपेक्षाको बीचमा मधेस

काठमाडौँ,  मधेस नेपालको दक्षिणी भूभागमा फैलिएको समथर भूभाग हो । यसले भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रूपमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको छ । हिमाल, पहाड र मधेसको संयोजनबाट बनेको नेपालको यो क्षेत्र प्राकृतिक उर्वरता, जनघनत्व र सांस्कृतिक विविधताका कारण सधैँ चर्चामा रहँदै आएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा,  यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ । गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

सुदूरपश्चिम,  नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९