कैलाली । लम्कीचुहा नगरपालिकाले कार्यालय समयभित्र टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ। नगरपालिकाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको इन्टरनेटमार्फत सामाजिक सञ्जाल चलाउन नपाइने व्यवस्था लागू गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत सुषमा महत्ता केसीका अनुसार कर्मचारीहरूको ध्यान सेवामा केन्द्रित गराई कामलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले यो निर्णय गरिएको हो। कार्यालय समयमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवाप्रवाहमा असर पार्दै आएको अनुभवका आधारमा यस्तो कदम चालिएको उहाँले बताउनुभयो।
नगरपालिकाले यो निर्णयले कामको गति बढ्ने र सेवाग्राहीलाई छिटो तथा प्रभावकारी सेवा उपलब्ध हुने विश्वास लिएको जनाएको छ।













































































































































