कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ बजेको समयमा शंकास्पद अवस्थामा रहेका एक युवकलाई जाँच गर्ने क्रममा करिब ७ सय १० मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–२ कुम्भिया निवासी अन्दाजी २३ वर्षीय शिशिर बम रहेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।













































































































































