कास्की क्षेत्र नं १ः बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी, कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ । पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् ।

 

यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् ।

 

कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा पर्ने मादी र रूपा गाउँपालिकामा जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना रहेर पनि त्यसको समुचित उपयोग हुन सकेको छैन भने महानगरका वडाहरूमा पनि अपेक्षित रुपमा विकास हुन सकेको पाइँदैन ।

 

यहाँ गाउँ पर्यटनका विशिष्ट गन्तव्यहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य रहेका छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर जस्ता ऐतिहासिक गन्तव्यले पनि यहाँको महिमा र गरिमा चुलिएको छ । पदयात्रा पर्यटनमा उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादी गाउँपालिकाको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङतिङदेखि सिक्लेससम्मका पदमार्ग पदयात्रा पर्यटनका गन्तव्य हुन् ।

 

यस्तै, सिक्लेस र ताङतिङलगायत स्थानबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलगायतले यहाँको पदयात्रा पर्यटनको महत्वलाई अझै उचाइमा पुु¥याएको पाइन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यहाँको अर्को आकर्षण हो ।

यसैगरी सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङतिङलगायतका सडकको स्तरोन्नतिका विषय आसन्न निर्वाचनका लागि मतदाताले उम्मेदवारसँग खोज्ने चुनावी मुद्दा रहेको जानकारहरू बताउँछन् ।

 

 

यहाँका जङ्गलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । यस्तै, पोखराकै दोस्रो ठूलो बेगनासतालसहित क्षणक्षणमा रुप फेरिरहने रुपातालका साथै दीपाङ्ग, खास्टे, मैदी, न्युरेनी, गुँदे जस्ता तालको पर्यटकीय उपयोग यहाँका सम्भावना हुन् ।

 

ऐतिहासिक महत्वको कालिका मन्दिरसहित ठूलाकोट, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना यस क्षेत्रमा रहेका छन् ।

 

शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिङ्करोड र बेगनास भोर्लेटारलगायतका सडकका स्तरोन्नति र विकासमा सर्वसाधारणले उम्मेदवारसँग  प्रतिबद्धता खोज्न सकिने देखिन्छ ।

 

यसै क्षेत्रबाट यसअघि २०४८ सालमा निर्वाचित भएर नेपाली कांग्रेसका तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसक्नुुभएको छ । त्यसयता विसं २०५१ मा नेकपा (एमाले)का खगराज अधिकारी, २०५६ मा नेपाली कांग्रेसका रानाभाट दोस्रोपटक विजयी बन्नुुभएको थियो ।

विसं २०६२÷२०६३ को लोकतान्त्रिक आन्दोलनपछि विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) अर्थात् तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी बन्नुुभएको थियो । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन हुँदा माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित हुनुुभएको थियो । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बन्नुुभयो भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बन्नुुभएको थियो । त्यसपछि विसं २०७९ को निर्वाचनमा एमालेका मनबहादुर गुुरुङ विजयी बन्नुुभएको थियो ।

 

एकपछि अर्को निर्वाचनमा फरकफरक दलबाट विजयी हुने भएकाले यस क्षेत्रलाई परिणाम फेरिरहने क्षेत्रका रुपमा लिइन्छ । यस पटकको निर्वाचनमा एमालेबाट वैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडकराज पौडेल (गनेश), राप्रपाबाट बाबुराम थापा, उज्यालो नेपाल पार्टीबाट मनीषा द्वालगायत १७ जनाको उम्मेदवारी रहेको छ । वासुदेव पौडेल / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन,  भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौँ,  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन,  भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

सुदूरपश्चिम,  नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९