कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहो-याउने दाउमा

महेन्द्रनगर, आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ ।राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

 

 

राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १ मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तारा लामा तामाङसित पराजित हुनुभएको थियो । नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो ।

 

 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना भने २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र नं १ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसितको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा हुनुहुन्छ । स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं १ मा प्रमुख तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

 

 

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी भिडन्त रोचक हुँदै छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा हुनुहुन्छ । लगातार यहाँबाट चुनाव लड्दै आउनुभएका साउँद २०७९ सालको निर्वाचनमा यहाँबाट विजयी हुनुभएको थियो । उहाँले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीलाई पराजित गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै यहाँबाट निर्वाचित हुनुभएको थियो । यो पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा हुनुहुन्छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्रलाई रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ । माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनावी भिडन्त हो ।

 

 

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं ३ आसन्न निर्वाचन चर्चाको केन्द्रमा छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिन्छ । पार्टी सङ्गठनका हिसाबले कञ्चनपुर क्षेत्र नं ३ नेपाली कांग्रेसका मजबुद क्षेत्र मानिन्छ । यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी हुनुभयो । तर हाल कांग्रेसभित्रको आन्तरिक कलह र विवाद भइरहँदा यहाँबाट कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट ल्याउनुभएको छ । तर निर्वाचनमा बाजी मार्न भने निकै मेहनत गर्नुपर्ने स्थानीयको भनाइ छ ।

 

 

पहिलोपटक प्रतिनिधीसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नुभएका बोहरालाई कांग्रेसको विरासत निर्वाचन जितेर जोगाउनुपर्ने चुनौती छ । उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ । भट्टले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता रमेश लेखकलाई पराजित गर्नुभएको थियो । २०७९ सालमा भने कांग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पारजित गर्दै विजयी हुनुभएको थियो ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिनुहुन्छ । प्रदेशसभा सदस्य भइसक्नुभएका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ । यो क्षेत्रमा यो पटक नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

 

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिनुभयो । “९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,” सचिव भट्टले भन्नुभयो, “विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय गराउने काम भइरहेको छ ।”
त्यसैगरी नेकपा (एमाले)का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको बताउनुभयो । “पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,” उहाँले भन्नुभयो, “हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

पाल्पामा व्यापार तथा पर्यटन महोत्सव

तानसेन (पाल्पा),  पाल्पाको तानसेनमा आजदेखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले तानसेन नगरपालिकाको आयोजनामा यहाँको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ सुरु भएको हो ।     तानसेन नगरपालिकाको मुख्य आयोजनामा लुम्बिनी प्रदेश वन,...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला,  हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९