गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो ।
पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य बिमामा आबद्ध बनिसकेका छन् । बिमामा आबद्धता हुनेहरुमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा सङ्ख्याका आधारमा रेसुङ्गा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार २१२ व्यक्ति बिमामा आबद्ध भएका छन् ।
त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरुमा रहेको जनसङ्ख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बिमा दर्ता अभियानमा नागरिकहरुले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा पालिका भित्र ९० प्रतिशत बिमित पु¥याउने योजना रहेको बताउनुभयो । अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइएको जानकारी दिनुभयो ।
त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार २६१, चन्द्रकोट गाउँपालिकामा छ हजार ५१७, धुर्कोट गाउँपालिकामा १० हजार ७३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५७३ र गुल्मीदरबारमा १० हजार ४३१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

 

त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार ७९०, कालिगण्डकीमा छ हजार ८२१, मदाने गाउँपालिकामा तीन हजार ९३२, मालिका गाउँपालिकामा आठ हजार ४५१ र सत्यवती गाउँपालिकामा १६ हजार १९० जना नागरिक स्वास्थ्य बिमामा आबद्ध बनिसकेको बताइएको छ ।
जिल्लामा छ वर्षको अवधिमा कुल जनसङ्ख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताउनुभयो । जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन् ।
विगत वर्षहरुको तुलनामा जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

नेपालगञ्ज, आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।     जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी...

पाल्पामा व्यापार तथा पर्यटन महोत्सव

तानसेन (पाल्पा),  पाल्पाको तानसेनमा आजदेखि कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । पर्यटन, व्यापार, रोजगारी, कृषि र उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले तानसेन नगरपालिकाको आयोजनामा यहाँको टुँडिखेल मैदानमा ‘तेस्रो तानसेन महोत्सव’ सुरु भएको हो ।     तानसेन नगरपालिकाको मुख्य आयोजनामा लुम्बिनी प्रदेश वन,...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला,  हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मी,  छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९