सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

सुदूरपश्चिम, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ । राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो ।

 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्यासी पार्टीको पुरानो बिरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्यासी र स्वतन्त्र प्रत्यासीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन् ।

 

धेरै प्रत्यासीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आसयका सामग्रीको प्रयोग बढाएको देखिन्छ । कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन् । निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभावी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ ।

 

स्थानीय चेतराज ओझाले भन्नुभयो, “सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दा मतदातामा सही सूचना प्रवाह भइरहेको छैन, यस्तो प्रवृत्तिलाई नियमन गर्न जरुरी छ, अनि मात्र स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ ।”

 

जेनजीको आन्दोलनपछिको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनको प्रचारप्रसार शैली भने फेरिएको छ । उम्मेदवारहरूले सूचना प्रविधिका विभिन्न माध्यमलाई मुख्य प्रचार सामग्री बनाएका छन् । पूरै कार्यकाल पूरा नगरी बीचमै हुन लागेको यो निर्वाचनलाई लिएर कतिपय मतदाता निराश देखिन्छन् । धनगढीका मतदाता भोजराज पाण्डेयले भन्नुभयो, “अस्थिरता देखिनुमा दलहरू बढी जिम्मेवार देखिन्छन्, यसले गर्दा जनतमा निराशा छ, तर पनि निर्वाचनलाई सम्पन्न गरेर अस्थिरता टार्न दलहरूनै बढी जिम्मेवार हुनुपर्छ ।”

 

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, कैलाली निर्वाचन क्षेत्र ४ र ५, अछाम क्षेत्र–१ कञ्चनपुर २ र ३ लाई बढी चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा विजयी हुँदै आएको डडेल्लधुरा क्षेत्र सर्वाधिक चासोको केन्द्र बनेको छ ।

 

यो निर्वाचनमा देउवा चुनावी प्रतिस्पर्धी हुनुहुन्न । देउवा प्रत्यासी नहुँदा कांग्रेसको विरासत जोगाउन चुनौती थपिएको छ । यहाँ कांग्रेसले युवा नेता एवं नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई चुनावी मैदानमा उतारेको छ ।

 

 

सो क्षेत्रमा रास्वपाका डा तारा जोशी, नेकपा (एमाले) का चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल, राप्रपाका गोविन्द खडायत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगरलगायत १३ जना प्रतिस्पर्धी हुनुहुन्छ ।

 

 

निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक विजयी हुँदै आएको कञ्चनपुर–३ मा आउने चुनावमा कांग्रेसले पूर्वपार्टी सभापति हरि बोहरालाई प्रत्यासी बनाएको छ । लेखक प्रत्यासी नहुँदा सो क्षेत्रमा मतदातामा चासो बढेको हो । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महतासहित १७ जना प्रत्यासी हुनुहुन्छ ।

 

 

कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउद प्रत्यासी हुनुहुन्छ । तीन वर्षअघिको चुनावमा विजयी हुनुभएका साउदसँग नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा, राप्रपाका तीर्थराज चटौतसहित १९ जनाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कैलाली क्षेत्र–४ मा नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट प्रत्यासी हुँदा चासो देखिएको हो ।

 

अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर विजयी भएको यो क्षेत्रमा आउने चुनावमा उहाँ प्रत्यासी हुनुहुन्न । कांग्रेसले आनन्द विष्टलाई प्रत्यासी बनाएको छ । यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हरिराम चौधरी, रास्वपाले खेमराज कोइराला, राप्रपाले कमल रजवार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्टलगायत १६ प्रतिस्पर्धी हुनुहुन्छ ।

 

अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल प्रत्यासी हुनुहुन्छ । उहाँसँग नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा (एमाले) का दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावललगायत उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ । सो क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुवँर विजयी हुनुभएको थियो ।

 

प्रदेशको राजधानी सहर धनगढी (कैलाली निर्वाचन क्षेत्र–५) मा अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका डिल्लीराज पन्त अहिले प्रतिस्पर्धी हुनुहुन्न । कांग्रेसले यो क्षेत्रमा युवा नेता एवं प्रदेशका महामन्त्री नरनारायण शाहलाई प्रत्यासी बनाएको छ । नेकपा एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउदसहित १५ जना प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्वमन्त्रीसमेत रहनुभएका आले यसअघिको निर्वाचनमा डोटीबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी हुनुभएको थियो ।

 

कैलाली क्षेत्र–५ (धनगढी) सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको चुनावप्रति बढी चासो बढेको हो । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी

गलेश्वर (म्याग्दी), म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।   जिल्लाको बेनी नगरपालिका-२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी,  जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।     मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९