प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

महोत्तरी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन् । जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका हुन् ।

 

जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका-८, ९ र १०, पिपरा गाउँपालिकाका-१, २, ३, ४, ५ र ७ तथा एकडारा गाउँपालिकाका-१, २, ३, ४ र ५ वडाका मतदाताले चुनावी अभियानमा खटिएका दलका उम्मेदवारसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको अनुभूति गर्न नपाइएको गुनासो गरेका हुन् ।

 

लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गरेको संविधान र तदनुरुपका ऐन कानुन भए पनि तिनको कार्यान्वयन पक्ष स्वच्छ र निष्पक्ष हुन नसक्दा जनताले सुशासनको अनुभूति गर्न नपाएका मटिहानी-८ का मतदाता इसराफिल राइनले बताउनुभयो ।

 

“संविधान छ, कानुन छन् तर कार्यान्वयन पक्ष कमजोर छ । संविधान र कानुनबमोजिम सबै हकअधिकार सुनिश्चित हुनुपर्ने जनताको चाहना छ ।” सबैमा सामाजिक न्यायको सहज पहुँच नहुनु र संविधानले निर्दिष्ट गरेका संवैधानिक हकबाट निमुखा जनता पाखा पर्नु मुख्य समस्याका रूपमा देखिएको उहाँको भनाइ छ ।

 

पूर्वाधार निर्माणका सरकारी योजनामा बढेको बेथितिले भ्रष्टाचार व्याप्त भएको युवा मतदाता बताउँछन् । कुनै एउटा योजनाका लागि पारदर्शिता र जवाफदेहिता नहुँदा संस्थागत रूपमा नै बेथिति बढेको जलेश्वर-४ का धीरेन्द्र रायले बताउनुभयो । यो बेथिति अन्त्य गर्न राजनीतिक इच्छा शक्ति आवश्यक पर्नेमा जोड दिँदै उहाँले आसन्न निर्वाचनमा दल र उम्मेदवारले भ्रष्टाचार अन्त्यका लागि स्पष्ट खाका प्रस्तुत गर्नसक्नु धारणा राख्नुभयो ।

 

कृषि यहाँका जनताको प्रमुख पेसा भए पनि सरकारले कृषि क्षेत्रका लागि घोषणा गरेका सुविधा गाउँबस्तीका किसानले पाउन नसकेका मतदाताको गुनासो छ । यस्ता सुविधा पनि पहुँच भएकाहरूले मात्र पाउँदा वास्तविक किसान मर्कामा पर्ने गरेका स्थानीय बस्तीका प्रवीण कर्णले बताउनुभयो । “काममा पारदर्शी र जवाफदेही थिति बसाउन सकिए मात्र सुशासनको अनुभूति हुनसक्छ”, उहाँले भन्नुभयो ।

 

विकास निर्माणका कामका लागि बन्ने उपभोक्ता समितिदेखि रकम प्रवाह गर्ने अड्डासम्म ‘सेटिङ’ मा काम गरिने परिपाटी हुर्कंदा राजनीतिक क्षेत्र पनि अविश्वासको पात्र बन्दै गएका जलेश्वर-७ बखरीका हरिभुषण रायले धारणा राख्नुभयो । यो परिपाटी अन्त्य गर्न सकिए राजनीतिक क्षेत्रमा मौलाएको बेथिति आफैँ घट्दै उहाँको भनाइ छ ।

 

“अहिलेको मुलुकको समस्या राजनीतिक क्षेत्रको आर्थिक बेथिति हो”, रायले भन्नुभयो, “अब टालटुले कुराले यो अन्त्य हुँदैन, राजनीतिमा सुदृढ इच्छाशक्तिले यसको बाटो कोर्न सक्छ ।” आसन्न निर्वाचनको मुखमा मतदाता यस्ता सुदृृढ इच्छाशक्तिका उम्मेदवार पर्खी बसेका उहाँको भनाइ छ ।

 

जलेश्वर नगर क्षेत्र, एकडारा र मटिहानीका बस्ती बर्सेनि बर्खामा डुबानमा पर्दै आएका छन् । रातु र बिगही नदीको ताण्डव रोक्न नदी नियन्त्रणको पक्की तटबन्ध हुनुपर्ने जनताको माग छ । यी समस्या बुझ्नसक्ने र सम्बोधनको आँट देखाउने उम्मेदवार चाहिएको जलेश्वर-८ का धिरु मण्डलले बताउनुभयो ।

 

आसन्न निर्वाचनका लागि यहाँ २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दलबाट एक र स्वतन्त्र एक गरी दुई जना महिला उम्मेदवार छन् । प्रतिस्पर्धामा रहेका जसपा नेपाल, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), राष्ट्र निर्माण दल र नेपाल सङ्घीय समाजवादी पार्टी छन् ।

 

यसैगरी, श्रमसंस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, आमजनता पार्टी र नेकपा (संयुक्त) सहितका दल पनि यहाँ प्रतिस्पर्धामा छन् । निर्वाचनसँग जोडिएर उम्मेदवार र दलका कार्यकर्ताको बढ्दो चहलपहल र बस्तीबस्तीमा सर्वसाधारणले गर्ने चुनावी आँकलनले अहिले महोत्तरी-३ को चुनावी वातावरण बन्दै गएको छ ।

 

यस क्षेत्रमा यसपालि एक लाख १० हजार ४३६ मतदाता छन् । यो सङ्ख्या जिल्लाका अन्य तीन क्षेत्रभन्दा बढी हो । यस क्षेत्रको भारतसँग २५ किलोमिटर सीमा जोडिएको छ । भारतसँगको सीमासँगैका यहाँका मतदानस्थल संवेदनशील मानिएका छन् । यहाँ ७७ मतदानस्थलमा १४२ मतदानकेन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । भारतसँग सीमा जोडिएको यस क्षेत्रका मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया-४ मा निशुल्क पशु स्वास्थ्य शिविर, १२ सय बढी पशु–पन्छीको उपचार

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...

बर्दगोरिया-४ मा निशुल्क पशु स्वास्थ्य शिविर, १२ सय बढी पशु–पन्छीको उपचार

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...

किसानले चैते धानको उचित मूल्य पाएनन्

बनियानी (झापा), अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए ।   सरकारलेसमेत बेलैमा चैते धानको मूल्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली (तनहुँ),  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

एशिया इन्टरनेसनल एकेडेमीको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ उत्तर मुढास्थित एशिया इन्टरनेसनल एकेडेमीमा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयकी संस्थापक विष्णा देवी कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष मिथुन गौतम प्रमुख अतिथि रहनुभएको थियो।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९