सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ,  चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा एक मात्र विदेशी कूटनीतिज्ञका रूपमा सहभागी हुनुभएको हो । कुनै पनि राष्ट्रका महावाणिज्यदूत स्तरका अधिकारी संसद्मा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर ल्हासाका नेपाली महावाणिज्यदूतलाई मात्र प्राप्त हुने गर्दछ ।

 

अघिल्लो दिन माघ १६ गते भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिचाङ स्वायत्त क्षेत्रको सरकारले सन् २०२६ मा अवलम्बन गर्नुपर्ने नीति र प्रस्तुत गरेका थिए । सोही सम्मेलनले निर्देश गरेअनुरुप भोलिपल्ट माघ १७ गते सम्पन्न भएको संसद्को अधिवेशनमा सिचाङ स्वायत्त क्षेत्र सरकारका अध्यक्ष गामा छेतेनले २०२५ मा सरकारले गरेका मूलभूत कार्यको समीक्षात्मक जानकारी प्रस्तुत गर्दै २०२६ मा सम्पन्न गरिने प्रमुख कार्यक्रम तथा बजेट प्रस्ताव गरेको नेपाली महावाणिज्यदूतावासले जनाएका छ ।

 

उक्त अवसरमा चिनियाँ जनकांग्रेस स्थानीय समिति अध्यक्ष तथा सिचाङ स्वायत्त क्षेत्रीय जनकांग्रेस अध्यक्ष लुओ साङफ जियान काङले धार्मिक मामिलासम्बन्धी मस्यौदा नियमहरूको व्याख्या पेस गर्नुभएको थियो । सो अवसरमा सिचाङ स्वायत्त क्षेत्रलाई दक्षिण एसियाको उच्चस्तरीय प्रवेशद्वारका रूपमा विस्तार गर्दै गहिरो विश्वव्यापी सम्बन्धलाई बढावा दिने आफ्नो प्रतिबद्धता व्यक्त गरिएको थियो । यस वर्षको सरकारी नीति बजेट तथा कार्यक्रमा छिमेकी देशसँगका सीमा बिन्दुहरूमा पूर्वाधार विकासमा जोड दिइएको छ ।

 

संसद्् बैठकलगत्तै महावाणिज्यदूतले सिचाङ सरकारका उपमहासचिव एवम् जातीय, धार्मिक तथा  वैदेशिक मामिला समितिका अध्यक्ष सभामुख दान्चेन लुन्चुसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो र सो भेटका अवसरमा महावाणिज्यदूतले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि चर्चा गर्दै हालसम्म चीनले नेपालको विकासमा पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।

 

उहाँले नेपालका सङ्घीय तथा प्रादेशिक संसद््सँग सिचाङ स्वायत्त क्षेत्रको संसद्को भगिनी सम्बन्ध कायम गरी अनुभव आदान–प्रदान गर्न सके दुबै पक्ष लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष लुन्चुलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोध गर्नुभयो  भने अध्यक्ष लुन्चुले सिचाङलगायत चीनको विकासबाट नेपालजस्तो असल छिमेकी राष्ट्र लाभान्वित हुन सक्ने बताउँदै आफू र आफ्नो सरकार त्यसका लागि सदैव तयार रहेको बताउनुभयो । भेटमा द्विपक्षीय हितका अन्य विविध विषयमा छलफल भएको थियो भने दुबै पक्षबीच रहेको सम्बन्ध अझ बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ,  चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी...

जुम्लाका ५२ वटा मतदानस्थल अतिसंवेदनशील

जुम्ला, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो ।     एक नगरपालिकासहित...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँ,  एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ,  चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी...

सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ,  चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी(कञ्चनपुर),  छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको...

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की, पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९