राजविराज (सप्तरी), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा शान्तिपूर्ण एवं हर्षोल्लास साथ मतदान सुरु भएको छ ।मतदानका लागि महिला, पुरुष, युवायुवती, वृद्धवृद्धा लामबद्ध भएका छन् । मतदान केन्द्र र मतदाताको सुरक्षाको लागि तिन तहमा सुरक्षा व्यवस्था मिलाइएको छ ।चार वटा निर्वाचन क्षेत्र भएको यो जिल्लामा स्थायी २९६ र अस्थायी दुई गरी २९८ मतदानस्थल निर्धारण गरिएको छ । जिल्लामा कूल चार लाख ४६ हजार दुई जना मतदाता कायम छन् भने १०२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।राष्ट्रिय समाचार समिति (रासस)



















































































































































