भक्तपुर, जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम छन् । पुरुषभन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं १ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् ।
यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । पुरुषभन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































