झापा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गर्नुभएको हो । मतदान पछि उहाँले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गर्नुभयो । झापा क्षेत्र नं ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)





















































































































































