दमौली (तनहुँ), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १ः३० बजेदेखि मतगणना सुरु भएको हो । देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी मतदान केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिनुभयो । तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय समाचार समिति (रासस)















































































































































