कीर्तिपुर(काठमाडौँ), त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ ।हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो ।अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।राष्ट्रिय समाचार समिति (रासस )
बेलबारी (मोरङ), बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...
















































































































































