झापा, झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिनुभएको छ ।जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा हुनुहुन्छ । उहाँले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)
बेलबारी (मोरङ), बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...


















































































































































