मोरङ, मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले छ हजार १३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले एक हजार ३१२ र नेकपा (एमाले) का विनोदप्रसाद ढकालले एक हजार २२३ मत प्राप्त गर्नुभएको छ ।यस क्षेत्रमा कुल एक लाख ३७ हजार ८३२ मतदाता रहेकामा ९१ हजार २९२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १७ जना प्रत्यासी हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति(रासस)
















































































































































