धनकुटा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ ।मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गर्नुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भन्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गर्नुभएको छ ।यहाँ तीन स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन् ।राष्ट्रिय समाचार समिति(रासस)
















































































































































