रसुवा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।आज दिउँसो २ः३० सम्म १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गर्नुभएको छ ।
यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए ।राष्ट्रिय समाचार समिति(रासस)
















































































































































