सुदूरपश्चिम, प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राख्नुभएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गर्नुभएको छ ।
कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिन्नु भएको छ । स्वाँरले ४०७ मत पाउनुभएको छ । रास्वपाका केपी खनालले ३१६ मत पाउनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाउनुभएको छ । नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गर्नुभएको छ ।
कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाउनुभएको छ । उहाँलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्तगरी पछ्याइरहनुभएको छ । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)
















































































































































