वालिङ (स्याङ्जा), स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी हुनुभएको छ ।शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिनुभयोे ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित हुनुभयो । उहाँले १८ हजार ८५७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो हुनुभएको छ । उहाँले १६ हजार ८०४ मत प्राप्त गर्नुभएको हो ।स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































