लुम्बिनी, रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)














































































































































