वीरगञ्ज (पर्सा), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाउनुभएको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कूल ४० हजार ७२० मत गणना हुँदा रास्वपाका चौरसियाले १७ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नौ हजार ५२४ प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का रूपेशकुमार पाण्डेले सात हजार ८४० मत ल्याउनुभएको छ । पर्सा क्षेत्र नम्बर ३ बाट २३ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । कुल ९६ हजार पाँच सय ४२ मतदाना रहेकामा यहाँ प्रत्यक्षतर्फ ६७ हजार पाँच सय चार मत खसेको छ । राष्ट्रिय समाचार समिति (रासस)

















































































































































